बिशेषज्ञ सहितको आयुर्वेद सेवा गाउँमै

स्याङ्जा ।
अर्जुनचौपारी गाउँपालिका ३ का ७९ बर्षिय गंगाधर काफ्ले बिशेषज्ञ सहितको आयुर्वेद सेवा गाउँमै पाएपछि खुसी भए । समान्य उपचारको लागि पुतलीबजार र पोखरा जानुपर्ने बाध्यतामा रहेका काफ्लेले आफ्नै पालिकामा बिशेषज्ञ सहितको सेवा पाएपछि खुशी भएका हुन् । सामान्य उपचारको लागि दिनै बिताएर र धेरै रुपियाँ खर्च गरेर ठुला शहरमा जानुपथ्र्यो ।

गाँउपालिकाले गाउमै विशेषज्ञ सहितको सेवा गाँउमै पाएपछि ७९ बर्षिय काफ्ले निकै खुशी भएको बताए । काफ्ले जस्तै अर्जुनचौपारी ५ का ७५ बर्षिय मिना पौडेल पनि बिशेषज्ञ सहितको टोलीले गाँउमै सेवा पाउने भएपछि खुशी भइन् । उनले बर्षौैदेखी आयुर्बेदीक सेवा लिदै आएकी थिइन् । तर बिशेषज्ञ सहितको सेवा लिन उनी पोखरा जाने गर्थिन् । अहिले गाँउमै यो सेवा पाउनुले नागरिकमुखी पालिका बनेको अनुभती आफुलाई लागेको पौडेलले बताइन् । यो सेवालाई निरन्तरता दिन भने पौडेलले पालिकालाई आग्रह गरिन् ।

गाउँपालिकाले आयुर्वेद औषाधालयको समन्वयमा गरेको बृहत आयुर्वेद स्वास्थ्य शिबिरमा पालिका र पर्वतका गरी १० देखी ७९ बर्ष सम्मका ३०३ जना नागरिकले सेवा लिएका थिए । नागरिक स्वास्थ्य रहन आहारबिहार मिलाउनुपर्ने बताउदै गाउपालिका अध्यक्ष प्रकाश तिवारीले जिवन शैलीमा सुधार आवश्य रहेको बताए । नागरिक स्वास्थ्य राख्नु पालिकाको जिम्मेवारी हो अध्यक्ष तिवारीले भने,‘स्वास्थ्यमा गाँउपालिकाले कुनै कसुर बाँकी राखदैन ।’ नागरिकलाई स्वस्थ बनाउन पालिकाले यस्ता शिविर बेला बेलामा गर्नेछ उनले भने ।

शिबिरमा उपाध्यक्ष सपना गुरुङ्, प्रमुख प्रसासकिय अधिकृत उज्वल बस्नेत, वडा नम्बर १ अध्यक्ष रण बहादुर थापा लगायतले मन्तब्य स्वास्थ्यको पहुँच नपुगेका नागरिकलाई यस्ता शिविरले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । स्वास्थ्य शिबिरमा डा तुलसी श्रेष्ठ सहितको ११ जनाको टोलीले एक दिने सेवा दिएको हो । स्वास्थ्य ब्यक्तीको स्वास्थ्यको रक्षा र रोगीको रोग निवारण भन्ने मुल नाराका साथ गरिएको शिबिरमा ३१ थरिका औषधीहरु निशुल्क बितरण गरेको आयुर्वेद औषाधालय अर्जुनचौपारीका प्रमुख ललित थापाले बताए ।

प्रतिक्रिया