कृषिलाई यान्त्रिकरणमा जोड्र्दै अर्जुनचौपारी गाँउपालिका

स्याङ्जा ।

अर्जुनचौपारी गाँउपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन यान्त्रिकरणमा जोड्ने गरी अगाडी बढेको छ । परम्परागत कृषि प्रणालीलाई हटाएर यान्त्रिकरण मार्फत कृषि उत्पादन बढाउने उदेश्यले गाँउपालिकाले हाते ट्याक्टरको व्यवस्था मिलाएको हो । गाउँपालिकाले कृषकलाई अनुदानमा हाते ट्याक्टर र कम्बाइन मिल वितरण गरेर यान्त्रिकरण मार्फत किसानलाई आर्कशित गर्दैछ ।

पालिकाले कृषकहरुलाई आधुनिक कृषि प्रणालीमा जोड दिदै ५० प्रतिशत अनुदानमा ३२ वटा हाते ट्याक्टर र ३२ वटा कम्बाइन मिल वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई बदल्दै यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर र कुटानी पिसनीको सहजका लागि कम्बाइन मिल वितरण गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए । गोरुले जोत्दा समय धेरै लाग्ने, खर्च तथा मेहेनत धेरै हुने बताउदै तिवारीले कुटानी पिसानीको लागि स्थानीयले पालो कुरेर गर्नुपर्ने बाध्यता हटाउन यो अभियान शुरु गरेको बताए । पालिकाले हरेक बर्ष मागको आधारमा प्राथमिकतामा राखेर हाते ट्याक्टर र कम्बाइन मिल प्रदान गरेको उपाध्यक्ष सपना गुरुङले बताइन् । पालिकामा उब्जनी हुने जमिन बाँझो हुने परिस्थिती सिर्जना हुन थालेपछि यान्त्रिकरण मार्फत सहज हुने अपेक्षा राखेर कृषि सामाग्री उपलब्ध गराएको उनको भनाई छ ।

पुर्खौली अवस्थादेखि नै दिनभरी लगाएर खेतबारी जोत्न धेरै मेहेनत गर्नुपरेको र समयमै गोरु नपाउँदाको पिडा सुनाउँदै अर्जुनचौपारी ४ का रिकु सार्कीले अब त एक दुई घण्टामै आफ्नो खेत बारी जोत्न सकिने र गोरु खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । छिमेकीकोमा जोत्ने लगायतका काम गरेर जिबिकोपार्जन गरेको बताउदै सार्कीले अब हाते ट्याक्टरबाट गाउँमा काम गर्ने बातावरण पालिकाले मिलाएकोमा खुशी व्यक्त गरे ।

बजारदेखि टाढा घर रहेको र कुटानी पिसनीको लागि धेरै दुख काटेको बताउदै वडा नं १ कटुवाकी सुधा कार्कीले अब कम्बाइन मिलले सहज हुनेमा ढुक्क छिन् । कुटानीका लागि आउने अन्यलाई पनि सेवा दिने बतान् । पालिकाले तीन हर्ष पावरको कम्बाइन मिल ३२ वटा तथा छ हर्ष पावरका २० वटा र १२ वटा सात हर्ष पावरका हाते ट्याक्टर बितरण गरेको छ । ५० प्रतिशत अनुदानमा बितरण गरिएको कम्बाइन मिललाई १४ हजार ९९० तथा छ हर्ष पावरको हाते ट्याक्टरलाई २३ हजार २५५ र सात हर्ष पावरको २६ हजार आठ सय तितेर कृषकले प्राप्त गरेका हुन् ।
आवश्यकता, टोल, बिगतमा अनुदान लिएको हेरेर होते ट्याक्टर कम्बाइन मिल बितरण गरेको बताउदै प्रमुख प्रसासकिय अधिकृत उज्वल बस्नेतले धेरै माग हुदा सबैलाई दिन नसकेको र फेरी खरिद गरी बितरण गरिने बताए ।

प्रतिक्रिया