एमालेका निवर्तमान मेयर अधिकारी कारवाहिमा

स्याङ्जा ।
गत बैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा पाटीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेकपा एमाले स्याङ्जाले नेता तथा कार्यकर्ताहरुलाई कारवाहि शुरु गरेको छ । निर्वाचन सम्पन्न पछि नेकपा एमालेले स्याङ्जाका ११ ओटै स्थानीयतहमा गरेको समिक्षाको आधारमा स्पष्टीकरण पछि कारवाहि शुरु गरेको हो । स्थानीयतह निर्वाचन २०७९ मा नेकपा एमालेले ११ पालिका मध्ये ५ मा प्रमुख उपप्रमुख र एक पालिकामा प्रमुख पदमा विजयी हासिल गरेको थियो भने काँग्रेसले ५ प्रमुख उपप्रमुख र एक पालिकामा उपप्रमुख पदमा बिजयी हासिल गरेको थियो ।

संघ र प्रदेशको निर्वाचन आउनु अगावै एमालेले पाटीलाई क्षती पु¥याउने नेता तथा कार्यकर्ताको पहिचान गरी कारवाहि गरेको छ । स्थानीयतहमा सम्भावना भएका पालिकामा समेत एमालेले पराजित व्यहोरेपछि धमाधम स्पष्टिकरण सहित केही नेताहरुलाई कारवाहि गरिएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रेले जानकारी दिए । नेकपा एमाले स्याङ्जाले गल्याङ नगरपालिकाका निवर्तमान नगर प्रमुख भुपराज अधिकारीलाई कारवाहि गरेको जनाएको छ । एमाले जिल्ला अध्यक्ष गैह्रेले पार्टीको विधानको धारा ८० को उपधारा (१), (२), (३), (४), (५) र (६) को उल्लघंन गरेकोले पार्टीको जिल्ला सदस्य र अन्य सम्पुर्ण पदिय जिम्मेवारीबाट ६ महिनाका लागि निलम्वन गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष गैह्रेले हस्ताक्षर गरेको पत्रमा असार १३ गते बसेको जिल्ला बैठकले निर्णय गरे अनुसार दुई पटक सम्म स्पष्टिकरण माग गर्दा पनि कुनै जवाफ नआएकालेले जिम्मेवारीबाट हटाइएको उल्लेख छ । नेकपा एमालेले असार २० गते ३ दिनको र असार २८ गते २ दिनको समय दिएर अधिकारी सगँ स्पष्टिकरणको जवाफ मागेको थियो । अधिकारीलाई ९ ओटा प्रश्नको स्पष्टिकरण माग गरिएको एमालेले जनाएको छ ।
स्थानीयतह निर्वाचन २०७९ मा गल्याङ नगरपालिकामा नगर प्रमुखको उ्रम्मेदवारमा एमाले जिल्ला अध्यक्ष गैह्रे नै थिए । उनी नेपाली काँग्रेसका जिल्ला सचिव गुरुप्रसाद भट्टराई सगँ ६ सय ९९ मतान्तरले पराजित भएका थिए । कारवाहिमा परेका अधिकारी गल्याङ नगरपालिकामा एमालेको खम्बाका रुपमा परिचित थिए । नेकपा एमालेको जिल्ला अधिवेसनमा सचिव पदमा पराजित भएका अधिकारीलाई गल्याङ नगरपालिकामा भएको स्थानीयतहको निर्वाचनमा असहयोग गरेको आरोपमा कारवाहिमा परेका हुन् । नेकपा एमाले स्याङजा श्रोतका अनुसार स्थानीयतह निर्वाचनमा पार्टीलाई असहयोग गर्ने धेरै नेता तथा कार्यकर्ता कारवाहिमा पर्ने बताइएको छ ।

के छ एमाले विद्यानको धारा ८० मा

नेकपा एमालेको विधानको धार ८० मा अनुशासन उल्लघंन गरेको मानिने छ भनिएको छ । जसको उपधारा (१) मा पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षामा सार्वजनिक क्रियाकलाप गरेमा ।
उपधारा (२) मा पार्टीभित्र गुटबन्दी वा षड्यन्त्र वा विपक्षीलाई सहयोग पु¥याउने कार्य वा पार्टीविरुद्ध शत्रुवत व्यवहार गरेमा,
उपधारा (३) मा पार्टी निर्णय उल्लघंन गरेमा वा पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेमा ।
उपधारा (४) मा पार्टीप्रति निष्ठा र विश्वास नरहेको भनी सार्वजनिक अभिव्याक्ति दिएमा वा सो बमोजिम क्रियाकलाप गरेमा वा पार्टीको गोपनियता भङग गरेमा ।
उपधारा (५) मा पार्टीद्धारा संचालित आन्दोलनको विरुद्धमा गतिविधि गरेमा वा विरोधीसगँ साँठगाँठ गरेमा ।
उपधारा (६) मा कुनै जनप्रतिनिधिमुलक संस्थाको निर्वाचनमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेमा, पार्टीको उम्मेदवारविरुद्ध प्रचार गरेमा वा पार्टीको उम्मेदवारका विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको प्रस्तावक वा समर्थन बनेमा वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेमा ।

प्रतिक्रिया