स्वतन्त्र पाटीले खोल्यो कार्यालय

स्याङ्जा ः
राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जामा पार्टी कार्यालय उद्घाटन गरेको छ । रवि लामिछानेको नेतृत्वमा हालै गठित राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार सगै जिल्ला सदरमुकाम पुतलीबजारमा पार्टी कार्यालय उद्घाटन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सभापति डा. ढाकाकुमार श्रेष्ठले एक कार्यक्रमका बीच सदरमुकाम पुतलीबजार स्थित् बैंकरोडमा पार्टी कार्यालय उद्घाटन गरेका छन् ।

श्रेष्ठले पार्टी कार्यालय उद्घाटन गर्दै मुलुक संचालन गर्दै आएका पुराना पार्टीका कारण देशको भविष्य अन्धकार तर्फ लागेको दावी गरे । पुराना पार्टीमा लागेका नेताहरुले देश बनाउन भन्दा पनि आफ्नो स्वार्थपुर्ति बनाउनेमा तल्लिन रहेको आरोप लगाउदै श्रेष्ठले नया विकल्पका लागि राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरिएको बताए । मुलुको भविष्य उज्यालो बनाउने हो भने स्वतन्त्र पार्टीलाई सहयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा पार्टीका गण्डकी प्रदेश समिति सदस्य रुक्माङ्गत भण्डारी, प्रदेश समिति सदस्य बोधराज रेग्मी, शितला थापा, युवराज पौडेल, सविता शर्मा र श्याम सुनार तथा जिल्ला सचिव गणेश पोख्रेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै स्वतन्त्र पार्टीका स्याङ्जा जिल्ला अध्यक्ष डिल्लीराम कोइरालाले देशमा विकास र परिवर्तनको लागि स्वतन्त्र पार्टीमा संगठित हुन सबैलाई आग्रह समेत गरेका छन् । संघ र प्रदेशको निर्वाचन अगाबै यो पार्टी जिल्लाका सबै स्थानीयतहमा गठन सगै संगठन विस्तारमा लाग्ने कोइरालाले बताए । केही दिन अघि मात्र स्वतन्त्र पार्टीले स्याङ्जाकै भीरकोट नगरपालिका र वालिङ नगरपालिकामासमेत सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

प्रतिक्रिया