वालिङमा तिज मेला हुने

वालिङ।

वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले श्रीकृष्ण जन्माष्टमीको अवसरमा तिज मेला आयोजना गर्ने भएको छ । समितिले यही भाद्र ३ गते वालिङ तिज मेला २०७९ को आयोजना गरेको हो । नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर जन्माष्टमीका दिन तिज मेलाको आयोजना गरिएको महिला उद्यमी विकास समितिका अध्यक्ष कविता भुषालले जानकारी दिईन्। वालिङ स्थित सिटिहलमा आयोजना गरिने तिज मेलामा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । मेलामा स्थानीय कलाकारहरुले गायन तथा नृत्य प्रर्दशन गर्नेछन् । वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी समितिले हरेक वर्ष तिजको अवसर पारेर तिज मेलाको आयोजना गर्दै आईरहेको छ ।

तिज महिलाहरुलाई एकिकृत र संगठित बनाउने पर्व भएकाले महिला उद्यमी विकास समितिले हरेक वर्ष तिज मेलाको आयोजना गरि खुल्ला तिज गित प्रतियोगिता समेत आयोजना गरेको समितिका अध्यक्ष कविता भुषालको भनाई छ । अध्यक्ष भुषालले भनिन्, ‘तिजको मौलिकतालाई जर्गेना गर्न र महिला उद्यमीहरुलाई एकिकृत गर्न तिज मेला कार्यक्रम जस्ता विभिन्न कार्यक्रमले महिलाहरुलाई शसक्त रुपमा अगाडि बढाउन सहयोग गर्छ ।’

तिज पछिल्लो समय मौलिकतामा भन्दा भडकिलोपनमा अग्रसर भएको देखिएकाले तिजको मौलिक परम्परालाई जोगाउन, समसामयिक घटनाक्रमलाई गितमार्फत प्रस्तुत गर्न, सामाजिक सदभाव बढाउन समितिले तिज मेला कार्यक्रम गर्दै आईरहेको अध्यक्ष भुषालले बताईन् । पछिल्लो समय महिलाहरु उद्यमशीलता मार्फत आर्थिक तथा सामाजिक रुपले शसक्त भएको भन्दै यस्ता कार्यक्रमले थप टेवा पुग्ने विश्वास लिईएको छ । प्रतियोगितामा प्रथम हुनेले १३ हजार, द्धितिय हुनेले १० हजार, तृतिय हुनेले ८ हजार र सान्त्वना हुनेले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि हुन चाहाने समुहले यही भाद्र २ गतेसम्म उद्योग वाणिज्य संघको सचिवालयमा सम्पर्क गर्न महिला उद्यमी विकास समितिले आग्रह गरेको छ ।

 

प्रतिक्रिया