नगर प्रमुखको प्रयासले सुधारियो नगर अस्पताल

गल्याङ,
लामो समय देखि अस्तब्यस्त देखिएको स्याङ्जाको पश्चिम क्षेत्रको प्रतिष्ठित अस्पताल गल्याङ नगर अस्पताल सुधारिदो अवस्थामा छ । बिगत ३ महिनाको अन्तरालमा अस्तब्यस्त रहेको नगर अस्पताल सुधारिनु प्रमुख कारण हो वर्तमान नगर प्रमुख गुरुप्रसाद भट्टराई । नगर प्रमुख भट्टराईको अथक प्रयासबाट गल्याङ नगर अस्पतालको व्यवस्थापन सगै सेवा सुविधामा परिवर्तन आएको छ । गएका बर्षहरुमा भएको अनियमितता, सेवाग्राहीमा हुने व्यवहारमा भट्टराईको प्रयासले कमी आएपछि अस्पताल सुधारिदो अवस्थामा जान थालेको स्थानीयहरु बताउछन् । अस्पताललाई गल्याङ नगरपालिकाले बार्षिक ७२ लाख रुपैया रकम खर्चिरहेको थियो । तर अहिले प्रशासनीक खर्च समेत अस्पताल आफैले नगरपालिकाको भर नपर्नेगरी सक्षम बनेको छ । उचित ब्यबस्थापन सगै अस्पतालको आफ्नो कमाइबाट प्रशासनिक र अन्य खर्च समेत पुर्ती भएपछि नगरपालिकाको लागत घटेको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख भट्टराई रात बिहान जतिबेला पनि अनुगमनमा आईरहदा यहाँका समस्या बुझ्न सजिलो भएको अस्पतालको भनाई छ । जसले गर्दा अस्पतालको व्यवस्थापन पक्षमा सुधार हुन समय लागेन । मन्त्रालय र स्वास्थ्य बिभाग बाट समेत उपकरणहरु ल्याउने काम, औषधि खरिद प्रक्रियालाई ठेक्का तथा मेयरको निरन्तरको अनुगमन र निरीक्षणका कारण सम्भव भएको अस्पतालका प्रशासन प्रमुख गुणेन्द्र रानाले जानकारी दिए । नगर प्रमुखको निरिक्षण प्रक्रियालाई निरन्तरता दिनुपर्ने रानाको भनाई छ ।

अस्पतालाई चाहिने उपकरण र कर्मचारीको व्यवस्थापनमा सहजता भएपछि बिरामीलाई उपचारमा कुनै कठिन नभएको अस्पतालमा कार्यरत डाक्टर निरन्जन चौधरीले बताए । १० वटा अक्सिजन बेड र १५ सैयाको अस्पतालले ओपिडी, ईमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, फार्मेसी सेवा, मातृ सुरक्षा कार्यक्रम, स्वास्थ्य बिमा र नगरपालिकाले निशुल्क बिरतण गर्ने औषधी सेवा जस्ता सेवाहरु प्रदान गर्दै आएको डाक्टर चौधरीले बताए । बर्थिङ सेन्टर छिटो शुभारम्भ गर्न उनले नगर प्रमुखलाई सुझाए । हाल यस अस्पतालमा प्रशासन प्रमुख थानापती न्यौपानेलाई नगरपालिकामै कामकाजमा सरुवा गरेर नगरपालिकाका पुर्व स्वास्थ्य शाखा प्रमुख रानालाई प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ । यस अस्पताल बाट नगरपालिका भित्रका मात्र नभै आसपासका पालिकाहरु र छिमेकी जिल्ला पाल्पाको रम्भा गाउपालिकाका सेवाग्राहीहरुले समेत सेवा लिने गरेका छन । एक जना मेयरको प्रयासले ३ महिनामा नगर अस्पतालमा गरेको परिवर्तनले सेवाग्राही पनि दङ्ग परेका छन् । यसको निरन्तर भइरहने हो भने स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्नेमा नगरवासी विश्वस्थ छन् ।

 

प्रतिक्रिया