अहिले अर्जुनचौपारीले विकासमा धेरै फड्को मारेको छ

उज्जवल बहादुर बस्नेत,
(प्रमुख प्रशासकीय अधिकृत)
अर्जुनचौपारी गांउपालिका,
स्याङ्जा ।
संघीय संरचनामा स्थानीय तहलाई अधिकार सम्पन्न सरकार मानिएको छ । त्यसको प्रशासनिक नेतृत्व र वित्तीय कामको अधिकार प्रशासकीय अधिकृतले प्राप्त गरेका हुन्छन् । कुनै पनि स्थानीय तहमा स्थापित हुने संरचनाको काम कारबाही एवं स्थायित्वमा प्रशासकीय अधिकृतको प्रमुख भूमिका हुन्छ । नेपालको संविधानद्वारा व्यवस्थित नेपाल राज्यको पुन ः संरचनाअनुसार नेपाल ७ प्रदेश र ७ सय ५३ स्थानीय तहका सरकार संविधानप्रदत्त अधिकारसहित क्रियाशील छन् । स्याङ्जाको अर्जुनचौपारी गांउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा अहिले उज्जवल बहादुर बस्नेतले कार्यभार सम्हालिरहेका छन् । निजामती सेवाको १० बर्षे अनुभव संगालेका बस्नेत विगत १० महिनादेखि यस पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । कार्यक्षमता र योग्यताको आधारमा बस्नेत सफल अधिकृतको रुपमा मानिन्छन् । उनै प्रमुख प्रशासकीय अधिकृत बस्नेतसंग अर्जुनचौपारी गांउपालिकाको समग्र विकासको अवस्थाबारे पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश ः……..

१. हाकिम साव आराम हुनुहुन्छ ? अर्जुनचौपारीको वर्तमान अवस्था कस्तो छ ? यस गाउँपालिका भित्र भएका ठुला समस्याहरु चाँहि के–के छन् ?

धन्यवाद आरामै छु । अर्जुनचौपारी गाउँपालिकाको वर्तमान अवस्था सन्तोषजनक छ । प्रशासकीय भवन निर्माण सम्पन्न हुने चरणमा छ । औद्योगिकग्रामको निर्माण कार्य सूचारु छ, पालिकाभित्रका मुख्य–मुख्य सडकको स्तरोन्नतीको ठेक्का सम्झौताको चरणमा छ । गाउँपालिकाको ठूला समस्या जुन अन्य पालिकाहरुमा पनि देखिन्छन त्यस्तै प्रकृतिका छन् जस्तै ः बाह्रैमास चल्ने सडकको अभाव, फोहरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, राजश्व संकलन र व्यवस्थापन आदि ।

२. यस पालिकामा स्थानीय सरकारलाई आवश्यक पर्ने सम्पूर्ण नियम कानूनहरु बनिसकेका हुन ?

यस पालिकामा आवश्यक सवै आधारभूत कानून बनिसकेको अवस्था छ । यद्यपि नयाँ प्रकृतिका कार्यक्रम संचालनको लागि थप कार्यविधिहरु बन्ने क्रममा रहेका छन् । नेपालको इतिहासमा पहिलोपल्ट स्थानीय सरकार वास्तवमै अधिकारसम्पन्न सरकारका रुपमा रहेको छ । यो अधिकारसँगै नतिजामूलक कार्यसम्पादन गर्नुपर्ने दायित्व पनि जोडिएको छ । यो दायित्व पूरा गर्न स्थानीय सरकारलाई आ–आफ्ना पालिकामा सञ्चालन गर्ने उपयुक्त र प्रभावकारी विकास योजना तर्जुमा गर्नु अपरिहार्य हुन आउँछ, जसलाई कार्यान्वयन गर्ने काम हामीबाट भैरहेको छ ।

३. यस गाउँपालिकाले पर्यटन क्षेत्रको पनि एकदमै सम्भावना बोकेको छ, यसको प्रवद्र्धनमा प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा के भूमिका खेल्नुभयो ?

यस अघिको स्थानीय सरकारद्धारा पहिचान गरिएका पर्यटन पूर्वाधारको विकास एवं प्रवद्र्धनमा भएको प्रगतिको बारेमा नवनिर्वाचित जनप्रतिनिधिलाई अवगत गराउने, संघ तथा प्रदेश सरकारका पर्यटन पूर्वाधार सम्वन्धी नीति तथा कार्यक्रमलाई ध्यानमा राखी आ.व. २०७९÷०८० को स्थानीय नीति तथा कार्यक्रम तर्जुमा गर्न आवश्यक परामर्शीय सहयोग र समन्वय गर्ने काम हामीले ग¥र्यौ । अर्जुनचौपारी गाउँपालिकाको पाठ्यक्रम निर्माण, अध्ययन अनुसन्धान गर्न चाहने विधार्थी एवं शोधार्थीलाई आर्थिक, भौतिक सहयोग मार्फत यस क्षेत्रका महत्वपूर्ण प्राकृतिक सम्पदाको पहिचान एवं प्रचार प्रसारका कार्य गरिएको छ । पर्यटन पूर्वाधारलाई पालिकाको आर्थिक विकासको महत्वपूर्ण अवयवको रुपमा अगाडि बढाउने कार्यक्रम रहेको छ ।

४. यस गाउँपालिका भित्र बढिरहेको अव्यवस्थित शहरीकरणलाई रोक्न पालिकाले केही भूमिका खेलेको छ की छैन ?

अव्यवस्थित शहरीकरणलाई नियन्त्रण गर्न यस पालिकाले भवन संहिता लागू गरेको छ, नक्सा पास गर्ने गरिएको छ । घरहरुको अभिलेखीकरण गर्ने गरिएको छ । सरसफाईको लागि फोहरमैला व्यवस्थापन कार्यविधि तर्जुमा गरी लागू गरिएको छ । भूउपयोग नक्सा तयारीको चरणमा रहेको छ । अब क्रमिक रुपले व्यवस्थित शहरीकरणलाई अघि बढाईनेछ ।

५. अर्जुनचौपारी गाउँपालिकाबासीले प्रमुख प्रशासकीय अधिकृतबाट के अपेक्षा गरेका रहेछन् ? तपाई प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही उपलव्धि भएको छ ?

अर्जुनचौपारीबासीले प्रमुख प्रशासकीय अधिकृतबाट कर्मचारी प्रशासनमा चुस्तता ल्याई झन्झटरहित सेवा प्रवाहको अपेक्षा गरेको पाएको छु । टाढा–टाढादेखि सेवा लिन आउने सेवाग्राहीले काम नबनेर बारम्बार कार्यालय धाउन नपरोस, दुर्गममा सेवा केन्द्र मार्फत काम गर्न पाइयोस, सेवा सुविधाको बारेमा सु–सूचित हुन पाइयोस भन्ने जनताको गुनासो एवं अपेक्षा रहेको छ । म प्रमुख प्रशासकीय अधिकृत भएर आए पछि शिक्षाको सुधारको लागि उत्प्रेरणा जगाउने उद्धेश्यले बृहत्त शैक्षिक उत्प्रेरणा कार्यक्रम संचालन ग¥र्यौ । स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । आग्रीखर्कमा वडा सेवा केन्द्र स्थापना गरिएको छ । आधारभूत स्वास्थ्य इकाइलाई स्थानान्तरण गरी धेरै जनताको सहज पहुँच हुने ठाउँमा लगिएको छ । समयमै औषधि एवं उपकरण खरिद गरिएको छ । आयुर्वेदिक र एलोपेथिक स्वास्थ्यकर्मीको संयुक्त टोली बनाई गाउँघरमा सेवा प्रवाह गर्ने, स्वास्थ्य जाँच गर्ने गरिएको छ । टोल–टोल र घरघरमा गई स्वास्थ्य परीक्षण र औषधी वितरण गर्ने गरिएको छ । पालिकास्तरीय वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

६. तपाईको कल्पनाको अर्जुनचौपारी गाउँपालिका कस्तो हो ? पालिकाभित्र रहेका बेरोजगार यूवाहरुको लागि पनि केही योजना छन् कि ?

चुस्त, झन्झटरहित, भष्टचार शुन्य र प्रविधिमैत्री प्रशासन, विकसित र आत्मनिर्भर अर्जुनचौपारी हामी सबैको कल्पनाको गाउँपालिका हो । बेरोजगार, विपन्न नागरिकको तथ्याकं संकलन कार्य अगाडी बढेको छ । आमा समूह मार्फत सरसफाई, विकृति विसंगति नियन्त्रण, सानातिना विकास निर्माण गर्ने योजना रहेको छ । बेरोजगार र विपन्न नागरिकको लागि बीउ पूँजी लगानी गरी जनताको आय स्तरोन्नती गर्ने लक्ष्य राखी बजेट बिनियोजन गरिएको छ ।

७. विगतमा धेरैजसो स्थानीय तहका प्रमुखहरुको सबैभन्दा ठूलो गुनासो थियो, कर्मचारीले काम गर्नै दिएनन् । यस पालिकामा जनप्रतिनिधि र कर्मचारीहरु बिचको सम्बन्ध कस्तो छ ?

विगतमा संघीयताको अभ्यास जनप्रतिनिधि र कर्मचारीको लागि शुरुवाती अवस्था थियो । एकात्मक राज्य व्यवस्थामा अभ्यस्त कर्मचारी एवं जनप्रतिनिधिले संघात्मक प्रणाली अनुरुप कार्य गर्नुपर्दा अप्ठ्यारो महसुुस हुनु स्वाभाविक पनि हो । कतिपय कानूनको अभाव हुन,ु आफैले बनाएका कानूनमा भएका व्यवस्था बारे पनि पदाधिकारी जानकार नहुनु जस्ता जटिलताले गर्दा तालमेल नमिलेको हुन सक्छ । स्थानीय तहको अधिकार क्षेत्रको सीमितताले गर्दा पनि त्यस्तो भएको हुन सक्छ । अहिले आएर स्थानीय तहहरु धेरै हदसम्म संस्थागत बनिसकेका छन्, पद्धति र प्रणालीहरुको विकास हुँदै गएको छ । जनप्रतिनिधिले नीति, योजना, निर्णय निर्माण गर्ने र त्यसको इमान्दारितापूर्वक कार्यान्वयन गर्ने कार्य कर्मचारीले गर्ने हो । अर्जुनचौपारी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्ध रहेको छ । आ–आफ्नो तर्फबाट एक अर्को पक्षलाई सहयोग गर्ने, सुसूचित गर्ने र आवश्यक समन्वय गर्ने कार्य हुँदै आएको छ ।

८. कृषक लाभान्वित योजना पनि गाउँपालिका सँग छ कि ? पालिका भित्र सडकको अवस्था अझै दयनीय छ भन्छन् नि ?

धेरै भन्दा धेरै कृषक लाभान्वित होउन भन्ने उद्देश्यले कृषक समूह गठन गर्न पालिकाले प्रोत्साहन गर्ने गरेको छ । कृषि तथा पशु विकास शाखामा कर्मचारीको अभाव हुन दिइएको छैन । पशु स्वास्थ्य सेवाको लागि प्राविधिक एवं औषधीहरु हरेक वडामा खटाईएको छ । यस पालिकाका कुनै पनि सडक कालोपत्रे नभएको अवस्था छ । हाल हेलु–अर्जुनचौपारी सडक खण्ड कालो पत्रे गर्ने कार्य तदारुकताकासाथ अगाडी बढेको छ । अब छिट्टै यो सडक कालोपत्रे हुनेछ । यस सरकारले ५ बर्षे अवधि भित्र सवै वडा कार्यालय पुग्ने सडकहरु कालोपत्रे गर्ने नीति लिईएको छ । यस पालिकाका सवै सडकलाई बाह«ै महिना चल्ने गरी स्तरोन्नतीका लागि बजेट विनियोजन गरिएको छ । सडकको अवस्था दयनीय भन्दा नि अपुग भएको हो ।

९. दलित र पिछडीएको बर्गको शिक्षा र स्वास्थ्यको लागि गाउँपालिकाले के गर्दैछ ?

गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधा रोजगारमा विपन्न, दलित, पिछडिएको वर्ग, एकल महिलालाई प्राथमिकता दिने नीति पालिकाले लिएको छ । दलित उत्थान केन्द्र, आमा समूह मार्फत लक्षित कार्यक्रम कार्यान्वयन गरिर्दैछ । यस मार्फत सीमान्तकृत समुदायको सशक्तीकरणमा टेवा पुग्नेछ । समाजिक उत्तरदायित्व कोषमा जनप्रतिनिधिको सेवा सुविधाको न्यूनतम १०% रकम जम्मा गरिदै आएको छ । सो कोषबाट दलित र पिछडिएको वर्गको शिक्षा र स्वास्थ्यमा खर्च गरिनेछ । पालिकाभित्र रहेको हरेक क्षेत्रको आवश्यकतालाई मध्यनजर गरी योजना तयार गरिएको छ ।

१०. अन्त्यमा पब्लिक आवाज पत्रिमा मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

अर्जुनचौपारी गाउँपालिकाको गतिविधि बारे सूचना सम्प्रेषणमा पब्लिक आवाज पत्रिकाले विगत देखि नै योगदान पु¥याउदै आएको छ । पालिकाले गरेका सकरात्मक कार्यको प्रचार प्रसार गर्ने र खबरदारी गर्नु पर्ने विषयमा खबरदारी गर्ने कार्य पब्लिक आवाजले निरन्तर गरिरहनेछ भन्ने आशा लिएका छौ । यस पत्रिका मार्फत म अर्जुनचौपारीबासी सम्पूर्ण महानुभावहरुमा पालिकाका क्रियाकलाप र कार्यक्रमको बारेमा जानकारी लिन, सेवा प्राप्त गर्ने क्रममा कही कतै वाधा व्यावधान उत्पन्न भएमा निर्धक्क सँग जानकारी दिनुहुन आग्रह गर्दछु । सुशासन प्रवद्र्धनमा स्थानीय जनताको सकृय सहभागिताको लागि हार्दिक आह्वान गर्दछु ।

 

प्रतिक्रिया