स्याङ्जामा व्युटिसियन संघ गठन

स्याङ्जा ।
नेपाल ब्युटिसियन संघ स्याङजामा गठन भएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संगठन रहेको संघले ९ सदस्यीय कार्यसमिति गठन गरेको हो । प्रथम अधिवेसनले संघको अध्यक्षमा किरण गुरुङ्लाई भेलाले सर्वसहतिमा चयन गरेको छ । संघको उपाध्यक्षमा निरु श्रेष्ठ, सचिवमा ऋतु अर्याल, कोषाध्यक्षमा पुजा श्रेष्ठ, सह—सचिवमा लक्ष्मी चापागाई र सह—कोषाध्यक्षमा सविना क्षेत्री चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अरुणा थापा, भगवती गैह्रे, अप्सरा मल्ल चयन भएको ब्युटिसियन संघका केन्द्रीय प्रतिनिधि शान्ता तिमिल्सिनाले बताईन् । सदस्यहरु थप्न पाईने विद्यानमा व्यवस्था भएकाले आवश्यकता अनुसार कार्यसमितिले सदस्य मनोनित गर्ने उनले बताईन् । जिल्लाका ११ ओटै स्थानीयतहमा ब्युटिसियन व्यवसाय संचालन गर्दै आएका महिलाहरुलाई समेटेर कार्यसमिति निर्माण गरिएको आयोजकले जनाएको छ ।

नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेको प्रमुख आथित्यतामा ब्युटिसियन संघ गठन गरिएको छ । अधिवेसन उदघाटन कार्यक्रममा बोल्दै सभापति पाण्डेले पछिल्लो समय सौन्दर्यकला महिलाहरुको आर्थिक उपार्जनको माध्यम भएकाले यसलाई जोगाई राख्न संगठितरुपले लाग्नुपर्ने आवश्यकता ठानेर संघ निर्माण गरिएको बारे चर्चा गरे । आफुलाई पेशामा मजबुद गराउदै सामाजिक रुपमा अग्रसरता हुनका लागि संघको महत्वपुर्ण भुमिका रहने बताउदै सभापति पाण्डेले संघलाई आवश्यकपर्ने तालिम, गोष्ठि लगायतका बिषयमा नेपाली काँग्रेसले सहजिकरण गर्ने विश्वास दिलाए ।

अधिवेसनको उदघाटन कार्यक्रममा नेपाल ब्युटिसियन संघका केन्द्रीय उपाध्यक्ष शान्ता तिमिल्सीना, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला, ब्युटिपार्लर व्यवसायी संघका गण्डकी प्रदेश उपाध्यक्ष दुर्गा थापा, जिल्लाका अध्यक्ष पुष्पा अर्याल, नेपाली काँग्रेसका महिला नेतृ शान्ता थापा, व्युटिपार्लर व्यवसायी संघका जिल्ला सचिव पमिला गुरुङ लगायतले सबै व्यवसायीकहरु संगठित हुँदा व्युटिसियनहरु पनि संगठित हुनुपर्ने बेला आएको बताएका थिए । गण्डकी प्रदेश नेपाल व्युटिसियन संघका अध्यक्ष कल्पना कोइरालाको सभापतित्वमा सम्पन्न भएको अधिवेसनमा जिल्लाभरका व्युटिसियन संचालक महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया