केन्द्रको सेवा लिएर टोल—टोलमा पुग्दै चापाकोट

चापाकोट ।
झण्डै ३ महिना प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको चापाकोट नगरपालिकाले आफ्नो सेवालाई वडातह देखि टोल—टोलमा पु¥याउने अभियान शुरु भएको छ । प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल नगरपालिकामा हाजिर भएपछि केन्द्रको सेवा प्रवाहलाई वडा देखि टोल—टोलमा पु¥याउने अभियान शुरु भएको हो । प्रशासकीय अधिकृत नहुँदा नागरिकका सिफारीस देखि सामान्य कामको मात्रै सेवा प्रवाह गरेर बस्न बाध्य भएको नगरपालिकाले अधिकारी आएपछि अब कामको गति लिएको छ । विकासका योजना सम्झौता देखी औषधी खरिद, कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता लगायतका कामहरु ठप्प रहेका थिए । प्रमुख प्रशासकीय अधिकृत खनाल आएपछि स्थानीय सरकारले प्रवाह गर्नुपर्ने सबै सेवाहरु सुचारु भएको नगर प्रमुख देवबहादुर खाँण(इश्वर) ले जानकारी दिए ।

हिउदे अधिवेसन देखी प्रदेश र संघिय सरकार सगँ माग्नुपर्ने योजनामा समेत प्रभावित बनेको थियो । अब हामी रफ्तारमा नगरपालिकाको सबै काम अगाडी बढाउने छौं नगर प्रमुख खाँणले भने,‘अहिले एकिकृत घुम्ति सेवा वडातहमा पु¥याउने अभियानमा छौं ।’ नगरपालिकाको केन्द्रबाट हुने सेवालाई वडातहबाटै गर्नेगरी अगाडी बढेका छौं उनले भने । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक चलायमान समेत प्रभावित बन्ने रहेछ भन्ने अनुभव नगर प्रमुख खाँणको छ । अहिले नगरपालिकाले हरेक वडाका टोल—टोलमा पुगेर नागरिकको स्वास्थ्य परिक्षण सहित योजना सम्झौता गर्ने काम भइरहेका छन् ।

फागुन १५ गतेदेखी नगरपालिकाले एकिकृत घुम्ती शिविर शुरु गरेको छ । अहिले सम्म नगरपालिकाका ३, ४, ५, ६ वडामा घुम्ति शिविर सकिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले बताए । अहिले नगरपालिका अल्झिएका कामलाई प्रथामिता दिएका छौं उनले भने,‘बिस्तारै सबै वडातहबाट केन्द्रको सेवा प्रवाह गर्ने तयारीमा छौं ।’ योजना सम्झौता र स्वास्थ्य परिक्षणलाई पहिलो प्रथामिकतामा राखेर घुम्ति शिविर आयोजना गरेका हौं उनले भने । सबै वडामा यो सेवा सकिएपछि कृषि, पशु र योजना अनुगमनलाई अगाडी सार्ने खनालले बताए । योजनाहरु सम्झौता भएपछि विकासका काम अगाडी बढ्ने छन् उनले भने,‘जसले नगरपालिकाको प्रगति प्रतिवेदनले सफलता पाउछ ।’ नागरिकमा देखिएको नैरास्यतालाई यस्ता कामले उत्साहमा बदल्ने विश्वास हाम्रो छ उनले भने ।

नगरपालिकाको ४ ओटा वडामा दिएको सेवाबाट ९३५ जना सेवाग्राही स्वास्थ्य परिक्ष्णबाट लाभान्वित भएका छन् । अहिले सम्म ९७ वटा योजना सम्झौता भएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य र योजना सम्झौता सेवा लिएर टोलमा पुगेको नगरपालिकाको यो सेवाबाट नागरिकहरुमा खुशी छाएको छ । सबै नागरिकलाई पहिला स्वास्थ्य बनाउनु पर्छ भन्ने उदेश्यले बिशेषज्ञ डाक्टर सेवा सहित स्वास्थ्य शिविर आयोजना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज पौडेलले बताए । उनका अनुसार प्रयोगशाला सेवाबाट ५४२, इसिजी सेवाबाट २२५, भिडियो एक्सरे सेवाबाट ३१४, महिलाको पाठेघरको मुखमा क्यान्सर हुन सक्ने समस्या पहिचान सेवाबाट २०२ र आँखा शिविरबाट १०१ जनाले सेवा लिएको बताए ।

स्वास्थ्य परिक्षणबाट ९ जना महिलामा पाठेघरको मुखमा क्यान्सर समस्याको पहिचानका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । ४० बर्ष माथीका महिला पुरुषहरुमा मुटु सम्वन्धी रोग, मधुमेह, पत्थरी, पाठेघरमा मासु पलाएको, महिलाहरुमा आङ्खस्ने समस्या र हाडजोर्नी र नसा सम्वन्धी समस्या देखिएको उनले बताए । नगरपालिकाबाट हुन सक्ने निदानका लागि उनीहरुलाई निशुल्क औषधीको व्यवस्था गरिएको छ । आधारभुत स्वास्थ्य सेवा दिने स्थानीय सरकारको निर्णय भएपनि नागरिकलाई विशेषज्ञ सहितको डाक्टरी सेवा घरदैलोमा पाएपछि नागरिकले सरकारको महशुष गरेको पाइएको बताइएको छ ।

हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुमन खनिया, भिडियो एक्सरे विशेषज्ञ डाक्टर बिक्रम तिवारी सहित चापाकोट अस्पतालका नर्स लगायत स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परिक्षण गरिएको पौडेलले जानकारी दिए । सामान्य योजनाको काम सम्झौता गर्न ठुलो रकम खर्चेर केन्द्रमा धाउन र सामान्य रोग लागेमा अस्पताल सम्म धाउन समस्या बोक्दै आएका चापाकोट नगरपालिकाका नागरिकलाई घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने अभियानको नागरिकले खुलेर प्रशंसा गरेका छन् । यस्ता कार्यक्रमलाई हरेक महिना नागरिकको घरदैलोमा पु¥याउने कार्यलाई निरन्तरता दिनुपर्ने चापाकोटवासीले माग गरेका छन् । नगरपालिकाको साधनश्रोतले भ्याएसम्म नागरिकलाई घरदैलोमा सेवा प्रवाह गर्ने अभियान नरोकिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया