चापाकोट क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा आचार्य निर्वाचित

चापाकोट।
चापाकोट क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा मुकुन्दराज आचार्य निर्वाचित भएका छन् । स्याङ्जाको चापाकोटमा सम्पन चापाकोट क्याम्पसको आठौँ वार्षिक साधारणसभाबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । पूर्व एआईजी समेत रहेका आचार्य हाल गरिमा विकास बैंकको सञ्चालक समितिको सदस्य समेत हुन् । समितिको सदस्यहरुमा खेमराज आचार्य, डोलराज अधिकारी, प्रेमचन्द्र भट्टराई, बिन्दु पौडेल, रेनुका लम्साल र उत्तम आचार्य चयन भएका छन् । क्याम्पसको विधानमा ७ जना निर्वाचित र १० जना पदेन गरी १७ सदस्य सञ्चालक समिति रहने व्यवस्था गरेको छ । पदेन सञ्चालक सदस्यमा प्रदेश सांसद, मेयर, जिल्ला समन्वयको सदस्य, वडा अध्यक्ष, प्राध्यापक प्रतिनिधि, त्रिविको प्रतिनिधि, पूर्व क्याम्पस प्रमुख, पूर्व सञ्चालक समितिको अध्यक्ष र क्याम्पस प्रमुख सदस्य सचिव रहने व्यवस्था क्याम्पसको विधानमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया