चापाकोट सहकारी संघको अध्यक्षमा डोटेल

चापाकोट।
चापाकोट नगरस्तरीय चापाकोट सहकारी संघको अध्यक्षमा हरीप्रसाद डोटेल चयन भएका छन् । चापाकोट नगरपालिकाको कार्यालयमा बसेको भेलाले चापाकोट सहकारी संघको तदर्थ समितिको अध्यक्षम डोटेललाई चयन गरेको हो । संघको उपाध्यक्षमा गायत्री आचार्य, सचिवमा जीवन डोटेल र कोषाध्यक्षमा नारायणी रेग्मी रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः राजीव न्यौपाने, दामोदर अधिकारी, गणेशराज देवकोटा, सुदिप गैह्रे र कल्पना अधिकारी छन् । चापाकोट नगरपालिकाको संरक्षणमा गठन गरिएको संघले नगरपालिकाभित्रको सहकारी क्षेत्रको सुधारको लागि काम गर्ने बताइएको छ ।

 

प्रतिक्रिया