विद्यालयमा अनियमितता— नक्कली बिल भर्पाइ राखेर आर्थिक फरफारक

गल्याङ् ।
स्याङ्जाको गल्याङ् नगरपालिकामा एक विद्यालयमा आर्थिक अनियमिता भएको छ । विद्यालयमा पुर्व प्रअले नक्कली बिल भपाई राखेर हिसाव किताब फरफारक गरेपछि अयिमितता भएको हो । गल्याङ नगरपालिका ४ ग्वादी स्थित शिशु कल्याण माध्यमिक विद्यालयमा नक्कली बिल प्रयोग गरि आर्थिक हिनामिना गरिएको छ । विद्यालयका पुर्व प्रधानाध्यापक रवि लुइटेलले दुई बर्षे कार्यकालको हिसाव किताव बुझाउदा नक्कली बिल प्रयोग गरी अडिट गरेको खुलेपछि आर्थिक अनियमितता भएको शंका अभिभावकहरुले गरेका छन् ।

नाम उल्लेख नगरिदिने शर्तमा एक अभिभावकले दिएको जानकारी अनुसार कम्पुटर खरिद, फोटोकपी मेसिन खरीद, फर्निचर खरीद लगायतका बिषयमा आर्थिक चलखेल गरेको आशंका व्यक्त गरेका छन् । पुर्व प्रअ लुइटेलले पेश गरेको कम्प्यूटर खरीदमा ८ ओटा देखाइएपनि विद्यालयमा ५ ओटा मात्रै कम्प्यूटर रहेको बताइएको छ । फोटोकपी मेसिन खरीद गरेको बिलभपाईमा देखिएको तर विद्यालयमा नभएको देखिएको छ भने बिलमा प्रोजेक्टर देखिएको विद्यालयमा नभेटिएको ति अभिभावकले बताए । २ लाख पेश्की रकम लगेको तर फछ्र्यौट नभएको जस्ता अनगिन्ती अनियमितता भएको ठहर अभिभावकले लगाएका छन् ।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर रानाले भने आर्थिक अनियमितता भएको हुनसक्ने आशंका रहेको बताए । अहिले हामी छानविनमा रहेकाले पुर्व प्रधानाध्यापक लुइटेल सरले गरेको अनियमितता भन्न नमिल्ने बताए । लुईटेल सरकारले बुझाएको अडिट रिपोर्टमा खुलस्त नभएकाले साधपुछ गरिरहेका छौं अध्यक्ष रानाले भने,‘अहिल्यै नै आर्थिक हिनामिना भएको छ भन्न सक्ने अवस्था छैन ।’ सबै हिसबकिताव हेरेपछि मात्रै भन्न सक्छौ अध्यक्ष रानाले भने । विद्यालयमा पुर्व प्रअ लुइटेल भन्दा अगाडी देखीका प्रअबाट पनि अनियमितता भएको बताइएको छ ।

यता पुर्व प्रधानाध्यापक लुईटेलले भने आफ्नो कार्यकालमा भएको सबै हिसाबकिताव बुझाएको बताए । आफुले कुनै आर्थिक अनियमितता नगरेको तर उल्टै राजनीतिक आवरणमा मलाई आरोप लगाइएको लुइटेलले बताए । विद्यालयले हिसाव किताव बुझबुझारथ गरेको प्रमाण आफुलाई दिएको उनले बताए । आर्थिक बर्ष २०७८÷०७९ र ०७९÷०८० को सरकारी अडिटर मार्फत अडिट गरी हिसाब बुझाएको दावी लुईटेलको छ । दुख दिने मनसायले र मेरो चरित्र हत्या गर्ने हिसावले आर्थिक अनियमितता गरेको आरोप लगाइएको दावी लुइटेलले लगाएका छन् ।

विद्यालय श्रोतका अनुसार झण्डै १२ लाख जति आर्थिक अनियमितता भएको बताइएको छ । लुईटेलले पटक—पटक हिसाव किताव बुझाउन आनकानी गरेपछि उनी बिरुद्ध छानबिन गरिदिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा समेत उजुरी परेको छ । गल्याङ ४ का वडा अध्यक्ष ढाकाराम न्यौपानेले विद्यालयमा आर्थिक अनियमितता भएको खबर आफुले पाएको बताए । त्यस सम्वन्धमा सबै जानकार आफु नभएको बताउदै विद्यालय व्यवस्थापन समिति र पुर्व प्रअ लुईटेललाई बसेर हिवास किताव फरफारक गर्न सुझाव दिएको बताए । उक्त विद्यालयमा पहिल्यै देखिनै हिसावकितावमा विवाद हुदै आएको र केही नक्कली निर्णय भएको थाहा भएपछि विद्यालय व्यवस्थापन समितिको बैठक पुस्तिका समेत गल्याङ् नगरपालिकामा रहेको अध्यक्ष न्यौपानेले बताए ।

 

प्रतिक्रिया