व्युटिसियन स्याङजामा पुन ः पुस्पा रानाभाट

वालिङ ।
ब्युटि पार्लर एशोसियसन स्याङ्जाको १४औँ साधारण सभा तथा सातौँ अधिवेसन सोमबार वालिङमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्नुहुँदै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले पछिल्लो समय महिला उद्यमशीलता विस्तार भएको भन्दै महिलालाई आर्थिक रुपमा सबल बनाउन सकिए मात्रै परिवार तथा समाज बलियो हुने बताइन् । साथै उपप्रमुख तिवारीले व्युटिपार्लर एसोसियसनले महिलाहरुलाई आर्थिक रुपमा सबल बन्नुपर्छ भन्ने बाटोतर्फ अग्रसर बनाएको भन्दै महिलाहरुको आर्थिक तथा सामाजिक विकासका लागी नगरपालिका सँधै साथमा रहेको बताइन् ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी विकास समिति गण्डकी प्रदेश अध्यक्ष तथा ब्यटि पार्लर एसोसियसनकी संस्थापक एवं नेपाल ब्युटिसियन संघको वरिष्ठ सल्लाहकार चिनु गुरुङ, नेपाल ब्युटिसियन संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष शान्ता शर्मा, नेपाल व्युटिसियन संघ गण्डकी प्रदेश अध्यक्ष कल्पना कोईराला, ब्युटिपार्लर एसोसियसन स्याङ्जाकी संस्थापक तथा गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष चुत्रकुमारी थापा ‘दुर्गा’, ब्युटिपार्लर एशोसियन स्याङ्जाकी निर्वतमान अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य लिसु अधिकारी, ब्युटिपार्लर एसोसियसन कास्कीका अध्यक्ष सुष्मा गुरुङ, वालिङ उद्योग वाणिज्य संघका महासचिव धु्रव खांण, वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति अध्यक्ष कविता भुषाल, महिला उद्यमी दुर्गा न्यौपाने, ब्युटिपार्लर एसोसियसन स्याङ्जाका कानुनी सल्लाहकार दिपक लम्साल, व्युटिपार्लर एसोसियसन स्याङ्जाका प्रेस सल्लाहकार तथा पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष राधाकृष्ण डुम्रेलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष पुष्पा अर्याल, सचिव पमिला गुरुङ र कोषाध्यक्ष बिमला थापाले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष पुष्पा अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव पमिला गुरुङले गरेकी थिइन् ।
यसैबीच सातौँ अधिवेसनले पुनः पुष्पा अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा कल्पना आले, सचिवमा पमिला गुरुङ, सह–सचिवमा मनु थापा, कोषाध्यक्षमा बिमला थापा, सह–कोषाध्यक्षमा किरण गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा निता गुरुङ, सबु थापा, रिमा थापा, अरुणा थापा, लक्ष्मी चापागाइँ, माया गोर्खाली, बसन्ती थापा, लक्ष्मी शर्मा, पिता खनाल, सरस्वति कोईराला र पुष्पा जिटी निर्वाचित भएको निर्वाचन अधिकृत दिपक लम्सालले जानकारी दिए ।
प्रतिक्रिया