साउन २० गते कमल पंगेनी स्मृति भव्य रुपमा मनाईने

वालिङ ।
संविधान सभा सदस्य तथा नेपाली कांगे्रसका पुर्व जिल्ला सभापति कमलप्रसाद पंगेनीको स्मृति दिवस यही साउन २० गते भव्य रुपमा मनाईने भएको छ । कमल पंगेनी स्मृति दिवसको तयारी विषयक शनिबार वालिङमा छलफल सम्पन्न भएको छ । कमल पंगेनी स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित छलफल कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांगे्रस जिल्ला सभापति राजु थापाले कमल पंगेनी स्मृति भव्य रुपमा मनाउने भन्दै पार्टी बलियो बनाउन सकिएमात्र अग्रजहरुप्रति सच्चा सम्मान हुने बताए । स्व.पंगेनीले देख्नुभएका सपनाहरुलाई साकार पार्न सकियो भने मात्र उहाँप्रतिको सच्च सम्मान हुने थापाले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य तथा अर्थ विकास समितिका सभापति भोजराज अर्याल, प्रदेश पुर्व सांसद भागवतप्रकाश मल्ल, कांगे्रस कार्यबहाक सभापति केदार काफ्ले, वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रे, महाधिवेसन प्रतिनिधि सुनिता उच्चैठकुरी, स्याङ्जा क्षेत्र नं. १ प्रदेश (१) का सभापति केशरबहादुर खांण धु्रव, २ का सभापति प्रकाश तिवारी, क्षेत्र नं. २ प्रदेश (१) का सभापति अर्जुनप्रसाद खनाल, कांगे्रस वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे, पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी, भीरकोट नगरसभापति यामप्रसाद अधिकारी लक्ष्मणलगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष लिलाप्रसाद पंगेनीको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव तोयनाथ अर्याल र कार्यक्रममाथि प्रकाश कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेले गरेका थिए । यही साउन २० गते स्मृति दिवसका अवसरमा प्रतिष्ठानले राम्दीमा लक्ष्यवति प्रज्वलन गर्ने र पार्टीले कार्यालयमा रक्तदान कार्यक्रम गर्ने तयारी छ ।

प्रतिक्रिया