‘जुनियर द पोइट आइडल’को राष्ट्रिय मञ्चमा स्याङ्जाका युवा कवि निश्चल भट्टराई
वालिङ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीफाँटमा जन्मिएका युवा कवि निश्चल भट्टराई राष्ट्रियस्तरको ‘जुनियर द पोइट आइडल’ प्रतियोगिताको उत्कृष्ट २० (टप–२०) भित्र स्थान बनाउन सफल भएका छन्। यससँगै उनले स्याङ्जाको साहित्यिक पहिचानलाई राष्ट्रिय मञ्चमा स्थापित गराउने महत्वपूर्ण अवसर प्राप्त गरेका छन्। गण्डकी प्रदेशको स्याङ्जा जिल्लाबाट राष्ट्रिय कविता प्रतियोगितामा प्रतिनिधित्व गरिरहेका भट्टराई अहिले समग्र स्याङ्जाको आवाज बनेर ‘जुनियर द पोइट आइडल’को मञ्चमा गुञ्जिरहेका छन्। स्याङ्जाको माटोमा जन्मिएका, कालीगण्डकीको बहावले निखारेका र ठूला सपना बोकेका भट्टराईले आफ्नो सिर्जनशीलता र प्रस्तुतिका माध्यमबाट निर्णायक तथा दर्शकको मन जित्दै उत्कृष्ट २० मा स्थान सुरक्षित गरेका हुन्।
शब्दलाई हतियार, कवितालाई श्वास र मानवतालाई आफ्नो धर्म मानेर सिर्जनामा निरन्तर लागिपरेका भट्टराई आशा, प्रेम र परिवर्तनका सन्देशलाई कवितामार्फत अभिव्यक्त गर्दै आएका छन्। उनका सिर्जनामा समाजप्रतिको उत्तरदायित्व, मानवीय संवेदना र सकारात्मक परिवर्तनको आकांक्षा झल्किने गरेको साहित्यप्रेमीहरूको भनाइ छ। राष्ट्रियस्तरको प्रतिस्पर्धामा पुगेका भट्टराईको आगामी यात्रा भने दर्शक तथा शुभेच्छुकको मतमा पनि निर्भर रहने भएकाले उनलाई जिताउन सबैलाई साथ र समर्थन गर्न आग्रह गरिएको छ। स्याङ्जाको साहित्यिक सम्भावनालाई राष्ट्रिय उचाइमा पुर्याउने अभियानमा जुटेका भट्टराईलाई आफ्नो अमूल्य मतमार्फत सहयोग गर्न जिल्लावासी तथा साहित्यप्रेमीहरूसँग अपिल गरिएको हो।
स्थानीय स्तरबाट राष्ट्रिय मञ्चसम्म पुगेका भट्टराईको सफलताले स्याङ्जाका युवा स्रष्टाका लागि प्रेरणाको स्रोत बनेको छ। उनका समर्थकहरूका अनुसार स्याङ्जाको प्रतिनिधित्व गरिरहेका प्रतिभालाई जिताउन प्रत्येक मत महत्वपूर्ण हुने भएकाले सबैले सक्रिय रूपमा सहभागिता जनाउनुपर्ने आवश्यकता रहेको छ। भट्टराईको यो उपलब्धिलाई स्याङ्जाको साहित्यिक क्षेत्रका लागि गौरवको विषयका रूपमा हेरिएको छ। राष्ट्रिय मञ्चमा उनको सशक्त उपस्थितिले जिल्लाको साहित्यिक पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया