फेदीखोलामा ७० लिटर घरेलु मदिरा नष्ट
स्याङ्जा ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–२ आगेकुनाबाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ। प्रहरीका अनुसार उक्त क्षेत्रबाट अन्दाजी ४० लिटर तयारी घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने करिब ३० लिटर कच्चा पदार्थ बरामद गरिएको हो। प्रहरीले बरामद गरेको तयारी मदिरा र कच्चा पदार्थ गरी जम्मा ७० लिटर नष्ट गरेको जनाएको छ। घरेलु मदिराको अवैध उत्पादन तथा बिक्री–वितरण नियन्त्रण गर्ने अभियानअन्तर्गत प्रहरीले उक्त मदिरा बरामद गरी नष्ट गरेको जनाएको छ। प्रहरीले घरेलु मदिराको अवैध उत्पादन, बिक्री तथा वितरण नगर्नसमेत आग्रह गरेको छ।


प्रतिक्रिया