देश विकासमा राजनीति किन वाधक ?

टंक गैह्रे ।
नेपाली राजनीतिलाई नियालेर हेर्ने हो भने नेपालका कुनै पार्टीहरुले सहि दिशावोध गरेको पाँइदैन । नेपालका राजनीतिक पार्टीहरुको कारण नै देशले विकासको लय लिन नसकेको हो ।
नेपालको राजनीति इतिहासमा नेपाली काँग्रेसले खेलेको महत्वपूर्ण भुमिका नेपाली जनतालाई विदितै छ ।काँग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा नभएर गुटगत प्रतिस्पर्धाले निम्ताएको परिणामको पार्टीले लेखा जोखा गरेको पाँइदैन ।पार्टी संरचना निमार्णमा मूल्यांकन गर्ने परिपाटी पटक्र्कै छैन । नेताहरु खाली गफलडाउदै हिडने, चाकडी , चाप्लुसी, नातावाद र कृपावादमा सीमित रहेको पाईन्छ । नेकपा एमाले, माओवादी , एस, राप्रपा , सबै पार्टीको गतिविधि केवाल अनुहार प्रर्दशनमा केन्द्रित रहेका छन । अहिले पार्टीमा नेता भनाँउदा व्यक्तिmहरुको काम के हो ? पेशा व्यवशाय के हो ? कहाँबाट चिल्ला गाडी चढने सम्पति आर्जन भयो । छोराछोरी विदेशी विश्वविद्यालयमा के खर्चले अध्ययन गरेका छन । यावत प्रश्नहरुको वर्षा आम नेपाली जनतामा निहीत रहेको छ ।
राजनीति समाज रुपान्तरणका लागि हुन पर्नेमा केवल शक्तिm आर्जन गर्ने माध्यमका लागि भएको मात्र पाइयो । शक्ति आर्जन केका लागि भन्दा अन्तत्वगत्वा समाजमा रोवरवाफ देखाउने माध्यम भयो । पैसा के का लागि भन्दा गरीब जनतालाई आश्वासन बाढनका लागि भएको पाइयो । राजनीतिमा सेवाभाव हराँउदै गएको छ । अब नेपालमा युवाहरुले राजनीतिक दलका गतिविधिहरुलाई, पार्टी कार्यकर्ताका गतिविधिहरुलाई गम्भीर रुपमा नियालेर चनाखो राख्नै पर्दछ । काम नगरी खाने प्रवृति हावी भएको छ । समाजमा लुट, चोरी, डकैती, हत्या , हिंसा अप्रत्यक्षरुपमा राजनीतिक संलग्नतामा हुने गरेका छन । विदेश पलायनबाट नै देशको अर्थतन्त्र धानिएको छ ।
राजनीतिमा अस्वस्थ्य प्रतिस्पर्धा भएको पाईन्छ । वैचारिक छलफल नभई महाधिवेशन हुने गर्दछ । आलोचनात्मक चेत सबै कार्यकर्तामा छ तथापि व्यक्त गरेको पाँइदैन । अहिले चियापानको संस्कृति बढिरहेको छ । एकजना कार्यकर्ता १० ठाँऊको चियापान कार्यक्रममा जान्छ । उसले १ दिन बेकारमा फाल्छ । एकजना नेताको पछिपछि दिनभरि हजारौ खर्च गरेर नेताको पछि पछि कार्यकर्ता दौेडन्छ आखिर समय बर्बाद बाहेक केही पाँऊदैन । यस्ता खालका गलत प्रवृतिलाई तल्लोस्तरबाटै रोक्न जरुरी छ । नेता आउँदा कार्यकर्ता देखाउने प्रवृतिले पनि गलत संस्कृतको विकास गरेको छ । नेता पनि खाली भाषण गर्नेभन्दा केही उपलब्धिकार्यमा समय व्यतित गर्दा राज्यलाई , घरपरिवारलाई फाइदा हुन्थ्यो कि ?
नेपालमा विकास भएको संस्कृति भनेको भाषण गर्ने संस्कृति हो । वैचारिक बहसभन्दा पनि अर्कोलाई तल्लोस्तरको गालीगलोज गरेर नेता बन्ने खराब परिपाटी विकसित भएको पाइन्छ । स्वच्छ प्रतिस्पर्धा भएन भने वैचारिक विचलन आँउछ अहिले नेताहरुमा वैचारिक विचलन आएको पाईन्छ । अहिले गाँऊ गाँऊमा नेता जाँदा मेलापातो छोडेर नेताको पछि लागेको पाईन्छ । मेला ठूलो नभई नेता ठुलो मानिएको छ । नेता त आम सर्वसाधरण भन्दा पनि तल्लोस्तरको व्यक्ति हो । तर समाजमा नेतालाई बढी प्राथमिकता दिदा जनताले दुःख दर्द पाईरहेका छन । नेपाली जनता निराशामा छन । नेपालमा विकासको वाधक नेपाली जनता नभएर यहाँका नेता, नेतृत्व, गर्ने व्यक्तिmहरु हुन । हामी आफनो कर्म गर्न तर्फलाग्योै
नेतापनि कर्म गर्नलाग्छ चेतनाकोस्तर माथि उकासेर प्रविधिमैत्री विकास गर्नै पर्दछ । खाली चोक चोकमा गफ लडाँउदै हिडने चियापान समारोह, भेटघाट, काम नगर्ने ठिक ठिक छ भन्दै टोलटोल हिडने, बेलुका जाँड रक्सी खाने नेता बन्न सक्दैन । नेता बन्नका लागि योग्यता भनेकै ढाँट, छलकपट, भष्ट्रचार, अनैतिकता , व्यभिचारी भएको छ यस्ता पात्र र प्रवृतिलाई समाजबाट रोकेर सभ्य असल नैतिक, चरित्रवान नेतृत्वले समाज रुपान्तरण गर्ने पर्दछ । समाजमा रहेका खराब मनोविज्ञानहरुलाई चिर्ने पर्दछ । योजना, लक्ष्य, उदेश्यसहित स्पष्टरुपमा अगाडि बढेमा आगामी दिनमा नेपाली जनताले साथ सहयोग अवश्य गर्ने छन ।खाली काम नगरीकन लखर लखर समाज परिवर्तन भनेर हिँडदा नालायक पात्र भनेर समाजका बौदिक व्यक्तित्वले भन्न पर्दछ अनि बल्ल नेतृत्वले विचार गर्दछ । वैचारिक अभियानको शिलशिलामा जाहेजहाँसुकै विचारप्रवाह गरोस् उसको मूल्यांकन गर्न पर्दछ । असल नेतृत्वको खोजीमा नेपाली जनता रहेका छन । हरसम्भव आजका दिन देखि सबै नेतृत्वले असल हुने प्रयत्न गरौं । संस्कारवान राजनीतिको विकास गरौं । बेकारमा समय व्यतित गर्ने प्रथा र प्रवृति निरुत्साहित गरौं ।
राजनीति भनेको पार्टीका कार्यक्रममा जाने , चोक चोकमा हिँडने, पार्टीका नेताको चाकरी गरेर पद प्रतिष्ठा प्राप्त गर्ने, अनुहार प्रर्दशन गर्ने, भष्ट्रचार गरी जाँड रक्सी खाई अनेक खालको तिकडम गर्ने पात्र र प्रवृति रोक्र्नै पर्दछ । देश विकासको गति, यति , लय लिन नसक्नुमा नेताको मात्र नभएर जनताको पनि समर्थन रहेको छ । अब नेपाली जनताले समयमै नेताहरुमाथि प्रश्न चिन्ह खडा गरेर देश विकासको यात्रामा सहयोग गर्ने पर्दछ । समयलाई आत्मसाथ गरि नेतृत्वले बेरोजगारी समस्यालाई समाधान गरी रोजगारीका अवसर सिर्जना गर्ने जरुरी छ । वैदेशिक रेमिटान्सका भरमा चलिरहने हो भने नेपाल बृद्धबृद्धाको देशमा रुपान्तरण अवश्य हुन्छ । नेपाली जनताको मनोविज्ञानको गम्भीर विश्लेषण गर्ने नेपालमा सक्रिय राजनीतिक दलहरुलाई जरुरी छ । नेपाली जनताको राजनीतिक नेता, प्रणालीप्रति धेरै वितृष्णा जागि सकेको पाईन्छ । यस अवस्थाले प्रजातान्त्रिक प्रणाली असफल हुन सक्छ । प्रजातन्त्रमा जनताको जनभावना कदर नगरी नेताको निर्देशन मात्र अनुशरण गर्ने परिपाटीले देशको विकासमा वाधक भई सफलता हासिल गर्ने सक्दैन । २१ औं शताब्दीमा गाँऊ गाँऊ गएर गफ लडाई राजनीति गर्ने पात्र र प्रवृति परम्परा अब परिमार्जन र परिष्कृत गर्ने जरुरी छ ।
लेखक ः स्याङजा प्रदेश सभा निर्वाचन क्षेत्र नं २ (क) का उमेदवार ।
प्रतिक्रिया