ज्यान मार्ने उद्योगमा ढकाल पक्राउ

स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ज्यान मारेको अभियागमा एक जना पक्राउ गरेको छ । चापाकोट नगरपालिका ७ बस्ने बर्ष ३८ का बासुदेब ढकाललाई ज्यान मारेको अभियोगमा पक्राउ गरेको हो । आफ्नै सहोदर भाईको २७ महिनाका छोरी सुबिना ढकाललाई दुबै खुट्टा समाई जमिनमा पछारेर अचेत बनाएर छाडेका थिए । अचेत बालिकाको रामपुर अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । हत्यामा संलग्न ढकाललाई नियन्त्रणमा लिएर ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान शुरु गरिएको अधिकारीले बताए । 

अधिकारीका अनुसार हत्यामा संलग्न ढकालले मदिरा सेवन गरेका थिए । आवेगमा आएर बालिकालाई खुट्टामा समातेर पछारेको स्विकारेका छन् । किन बालिकाको हत्यगर्ने मनसाय आयो भन्ने बिषयमा अनुसन्धान भइरहेको उनले बताए । मृतक बालिकाको शवलाई पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया