प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा सुबेदी

स्याङ्जा ।
प्रेस चौतारी स्याङ्जाको पाँचौं जिल्ला अधिवेसनले हरिप्रसाद सुवेदी (सुशिल) को अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । सुवेदीको अध्यक्षतामा दुई सदस्यीय पछि थप गर्ने गरी १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा मणिप्रसाद अर्याल र कला राना, सचिवमा जिवन अर्याल, कोषाध्यक्षमा माधव गैह्रे, सहसचिव द्धोयमा सुनिल न्यौपाने र राधाकृष्ण शर्मा रहेका छन् ।
सदस्यहरुमा मोहन सुनार, हरि अर्याल, पुर्णिमा नेपाली, अनिता गौतम, नारायण चापागाई, माधवप्रसाद रेग्मी, सविन लामिछाने, द्रवेन्द्रदेव खनाल, र नारायणप्रसाद कोईराला रहेका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश अध्यक्ष सुष्मा पौडेलले शपथ ग्रहण गराएकी थिइन् ।
प्रतिक्रिया