व्यवसायीक कृषकहरुलाई च्याउको बिऊ

वालिङ ।

वालिङ नगरपालिकाका व्यवसायीक रुपमा च्याउ खेती गर्दै आईरहेका कृषकहरुलाई च्याउको बिउ बितरण गरिएको छ । नगरपालिका भित्रका १४ वटै वडाका अगुवा तथा व्यवशायीक च्याउ खेती गर्ने कृषकहरुलाई सीताके र पराले च्याउको बिउ बितरण गरिएको हो । 

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत च्याउको बिउ बितरण गरिएको हो । 

नगर भित्रका ५० जना कृषकहरुलाई च्याउको बिउ बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले जानकारी दिइन् । परियोजना अन्तर्गत कृषक तथा उद्यमीहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्न बिभिन्न सहयोग गरिदै आएको अध्यक्ष गैह्रेले बताइन् । उनले भनिन्,‘परियोजनाको मुख्य कार्य नै उत्पादन  र उत्पादकत्व बृद्धिमा रहेको छ ।’

वालिङ नगरपालिका परिसरमा स्थापना गरिएको उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र ईबिकले कृषक तथा उद्यमीहरुसँग सहजिकरण समेत गर्दै आएको छ । ईबिक सेन्टर कै सहजीकरणमा च्याउको बिउ बितरण गरिएको परियोजनाले जनाएको छ । सिजनल बिऊ वितरण गर्दै आएको परियोजनाले धेरै किसानहरु व्यवसायीक बन्दै आएको दावी गरेको छ ।  

प्रतिक्रिया