‘अनुदानले कृषिमा थप हौसला बढाउछ’

स्याङ्जा ।
सरकार सगँ कागजी अनुदान लिएर सक्कली किसान मारमा पर्दै आएका छन् । कागजी अनुदान लिने नक्कली किसानहरुका कारण ठुलो लगानी लगानी गरेर व्यवसाय गरेका सक्कली किसानहरु अनुदानबाट बन्चित हुने गरेका उदाहरणहरु छन् । सक्कली किसानले अनुदान पाएमा उनीहरुको व्यवसायीकतामा थप हौसला बढ्ने एक कार्यक्रममा बताइएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभसन आयोजनाको अनुदान छनोटमा परेको भाष्कर कृषि उद्यमले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले सक्कली किसान र नक्कली किसान कागजबाट भन्दा बाहिरी आवरबाट बाट बुझ्नु पर्ने बताएका थिए । राजनीतिक पहुँचका आधारमा नक्कली किसानले कागजी प्रक्रिया पुरा गरी सरकारी रकमको दुरुपयोग भएको प्रति उनीहरुले आवाज उठाएका थिए ।
तिनबर्ष देखी दुग्ध उत्पादन व्यवसाय गर्दै आएका वालिङ ११ का भष्कर कृषि उद्यमका प्रोपाईटर रेशमलाल पंगेनीलले सरकारी अनुदानले आफुलाई थप हौसला बढाएको बताए । १० ओटा भैसीबाट दुध उत्पादन गर्दै व्यवसाय शुरु गरेका पंगेनीलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बिकेन्द्रीत् आयोजनाले छनोटमा पारेको थियो । ५६ लाखको कृषि परियोजनाको सार्वजनिकीकरण गर्दै पंगेनीले २७ लाख २७ हजार ५ सय अनुदान, १८ लाख बैंक लगानी र १० लाख आफ्नो खर्चबाट संचालन हुने जानकारी दिए । यसबाट २० भैसी खरिद, पाडापाडी संरक्षण, आहार भण्डार, आधुनिक गोठ निर्माण, पिसाब व्यवस्थापन, कम्पोष्ट पिट निर्माण, तारजाली व्यवस्थापन र तातो चिसो पानीको व्यवस्थामा खर्च हुने उनले बताए ।
यसबाट झण्डै १ सय ५० परिवार लाभान्वित हुने छन् । स्वच्छ र गुणस्तरीय दुध उत्पादन गर्ने मुख्य उदेश्य रहेको पंगेनीले बताए । वालिङ लगायत आसपासका बजार क्षेत्रमा दुधको अभाव हुन थालेपछि यो व्यवसाय शुरु गरेको पंगेनीको भनाई छ । निरन्तरको मेहनत् र प्रयासलाई नेपाल सरकारले मुल्याङ्कन गरी व्यवसायलाई थप हौसला प्रदान गर्न अनुदान छनोटमा परेकोमा उनले खुशी व्यक्त गरे । सरकारले दिएको अनुदान रकमको सदुपयोग गरी आयआर्जन सहित उपभोक्तालाई गुणस्तरीय दुध उपलब्ध गराउन लागिपर्ने प्रतिवद्धता उनले सार्वजनिक सुनुवाईमा बताए ।
सार्वजनिक सुनुवाईको उद्घाटन गर्दै नेपाली काँग्रेसका वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले अनुदान रकमलाई सदुपयोग गर्न आग्रह गरे । अनुदान रकमले किसानको व्यवसायमा बृद्धि विकास हुने छ भन्ने उदाहरण देखाउन आयोजकलाई पाण्डेले सुझाव दिए । सरकारले ल्याएको अनुदान प्याकेज कागजी किसानले दुरुपयोग गरिदिदा सक्कली किसान मारमा परेकोले अनुदान पाएका किसानले समाजमा उदाहरणीय काम गरेर सरकारको लक्ष्य पुरा हुने बताए । कृषि उद्यमका व्यवस्थापक प्रेम प्रसाद गैह्रेले संचालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका कर्मचारी, बैंक वित्तिय संस्थाका प्रतिनिधि, पत्रकार र किसानहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया