कोरोनाले रोजगारी गुमाएकालाई १० लाख अनुदान

स्याङ्जा ।
कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यसाय शुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका तथा आफ्नै व्यवसाय शुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगद अनुदान उपलव्ध गराएको हो ।
उद्यमशिलता तथा नवप्रवर्तन कोष मार्फत ‘स्टार्ट अप’का रुपमा २० जनालाई जनही ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगर प्रमुख दिलीप प्रताप खाँणले जानकारी दिए । पालिकाले यस अघि पनि आफ्नै व्यवसाय शुरु गर्न चाहाने युवायुवतीहरुका लागि स्टार्ट अपका रुपमा नगद अनुदान दिदै आएको छ ।
कोरोना सङ्क्रमणका कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशिलता तर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको छ नगर प्रमुखखाँणले भने, ‘सोही कोषमार्फत आफ्नै व्यवसाय शुरु गर्न चाहाने तथा व्यवसायको थप प्रवद्र्धन गर्ने युवायुवतीलाई सहयोग गर्दै जाने नगरपालिकाको योजना छ ।’
विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवायुवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धिगर्न ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्य विधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिदै आएको प्रमुख खाँणको भनाइ थियो ।
अनुदान बितरण गर्दै नगर प्रमुखखाँणले यहाँहरुले शुरु गर्नु भएको उत्पादन मुलक कार्यमा नगरपालिकाले साथ दिने दावी गरे । कार्यक्रममा बोल्दै नगर उप प्रमुख कल्पना तिवारीले अनुदानको सहि प्रयोग गर्दै नविनतम र उत्पादनलाई बढाउन आग्रह गरीन् । नगरपालिका तपाईहरुको साथमा छ यहाँहरुलाई सबै खाले सहयोग गर्न हामी तयार छौं तिवारी भनिन् ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले उद्यमशीलताको क्षेत्रमा नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने गरी क्रियाकलाप सञ्चालन गर्न लागिएको भट्टराईले जानकारी गराए । कोरोना संक्रमणका कारण तथा अन्य कारणबाट बेरोजगारी समस्या बढ्दै गएको बताउदै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपाल कागण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालल स्वरोजगार बनाउन र उत्पादन मुलक क्षेत्रमा पे्ररित गर्न नगद अनुदानले निक्कै सहयोग पु¥याउने बताए । नगरपालिकाले शुरु गरेको अभियानमा युएनडिपीले सहकार्य गरिरहेको छ जुन निक्कै उपलव्धीमुलक समेत रहेको अर्यालो दावी । बिभिन्न समस्याका कारण रोजगारी गुमाएका र अव के गर्ने के नगर्ने अन्योलमा रहेका युवायुवतीलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रुपमा बिगतदुई वर्षदेखि नगद अनुदान दिन थालिएको साझेदार दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिइन् । कार्यक्रम वडा अध्यक्ष पोतप्रसाद लम्साल, कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतले बोलेका थिए । नगरपालिकाले बिगत २ बर्ष देखि नवउद्यमी तथा कोभिड प्रभावितहरुलाई अनुदान र नविनतम सोचलाई पुरस्कृत गर्दै आएको छ ।
कार्यक्रम पश्चात नगरपालिका र नवउद्यमी, कोभिड प्रभावित उद्यमी तथा व्यवशायीहरु बिच अन्तक्रिया समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया