बाढी पहिरो उद्धारमा सिमुलेसन गर्दै शसस्त्र प्रहरी

स्याङ्जा ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्याल कास्की र गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको समन्वय तथा स्याङ्जा जिल्ला विपद् व्यवस्थापनमा ‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास सिमुलेसन’ एक दिने संचालन गरिएको छ । प्रत्येक बर्ष बाढी, पहिरो, चट्याङ्, आगलागी, सडक दुर्घट्ना र महामारी जस्ता प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपहरुका कारण जनधनको क्षतीको न्युनिकरणका लागि उद्धारमा खटिने सुरक्षा टोलीलाई तयारी अवस्थामा राख्न शसस्त्र प्रहरीले नमुना सिमुलेसन संचालन गरेको हो । स्याङ्जाको गल्याङ नगरपालिका स्थित राम्दीको कालीगण्डकी नदीमा बाढी पहिरो र नदीले बगाउदा कसरी उद्धार गर्न सकिन्छ भन्ने नमुना प्रस्तुत् गरिएको थियो ।
निरन्तर दोहोरीने बहु—प्रकोपका घट्नाहरुबाट उत्पन्न विपद्को अध्याधिक जोखिममा रहेका मुलुकहरु मध्ये नेपाल पनि एक हो । संयुक्त राष्ट्रसंघको एक अध्ययन टोलीले नेपाल बाढी पहिरोजन्य जोखिमको दृष्टिले ३० औं स्थानमा रहेको देखाएको छ । बेला—बेलामा दुखदिने विपद्को सामना गर्दै धनजनको क्षती हुनबाट बचाउन नेपालका सुरक्षा निकायको महत्वपुर्ण भुमिका रहेको छ । त्यसैले शसस्त्र प्रहरी र नेपाली सेनाले यस्ता नमुना सिमुलेसन संचालन गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ४ मुक्रिनाथ बाहिनीपति शम्भु सुवेदीले जानकारी दिए । नमुनाको रुपमा देखाइएको सिमुलेसन साच्चिकै रियल हो भन्ने गर्छै सुवेदीले भने,‘बाढी, पहिरो, आगलागी लगायतका विपत्तीका घट्नाहरुमा यसै गरी सुरक्षा निकाय उद्धार कार्यमा खटिन्छ ।’ विपद् कतिवेला आउछ भन्ने एकिन हुदैन तर उद्धार टोलीलाई तयारी अवस्थामा राख्नुपर्छ उनले भने ।
विपद्लाई जति छिटो प्रतिकार्य गरिन्छ त्यही अनुसार जनधनको क्षती न्युनिकरण हुने गर्छ । विपद्को पुर्व तयारी तथा प्रतिकार्य अभ्यासले मानिसमा विपद् प्रतिकार्य प्रति आत्मविश्वास बढ्ने विपद्का बेलाको कार्य सम्पादनले देखाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । जिल्लामा हुने हरेक विपद्का लागि सुरक्षा निकाय र स्थानीयको भुमिका महत्वपुर्ण हुदै आएको प्रजिअ पौडेलले बताए । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ लागु भएपछि विपद् व्यवस्थापनका बहुआयमिक पक्षहरु व्यवस्थापन भएको बताइएको छ ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले यस्ताखालका तालिमहरु वडातहमा पुग्नुपर्ने बताए । स्थानीय युवाहरुलाई पनि बाढी पहिरो लगायतका विपद्मा उद्धार गर्न सहज हुने भएकाले सुरक्षा निकाय सगँ मिलेर स्थानीयतहले तालिम संचालन गर्नुपर्ने बताए । तत्काल सुरक्षा निकाय पुग्न ढिलाई हुन सक्ने र बिना तलिम उद्धारमा कठिनाई भएकाले यस्ता उद्धार तालिम स्थानीयतह सम्म पुग्नु आवश्यक रहेको बताए । राम्दीमा करिब एक घण्टाको समय लगाएर उद्धार अभ्यासको सिमुलेसन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गुल्मका प्रमुख डिएसपी मोहोन न्यौपानेले जानकारी दिए । उक्त अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहभागिता रहेका थिए ।
प्रतिक्रिया