वालिङमा खाँणको जित् सुनिश्चित्

स्याङ्जा ।
नेपालभरी चर्चित नगरपालिका मध्येको एक हो वालिङ नगरपालिका । स्याङ्जा जिल्लाको मध्यभागमा रहेको वालिङ नगरपालिकामा कुनपार्टीले बाजी मार्ला भन्ने बिषय पेचिलो बन्दै गएको छ । स्मार्ट सिटीको अवधारणा बोकेको नगरपालिकामा नेपाली काँग्रेसले बिजयी हासिल गर्दै आएको थियो । २०५४ सालमा भएको निर्वाचन र २०७४ सालमा भएको स्थानीयतहको निर्वाचनमा बाजी मार्दै आएको नेपाली काँग्रेसले यो पटक पनि बाजी मार्ने अनुमान गरिएको छ । २०७९ को स्थानीयतहको निर्वाचनमा एमालेले काँग्रेसले जित्दै आएको किल्ला भत्काउने गरी रणनीतिक तवरले लागेको छ ।
नेपाली काँग्रेसले २०७४ मा निर्वाचित भएका नगर प्रमुख दिलिपप्रताप खाँणलाई दोहोराएको छ भने नेकपा एमालेले २०५४ सालमा नगर प्रमुखमा पराजित भएका कृष्ण खाँणलाई नगर प्रमुखको रुपमा उभाएको छ । दुवै खाँण अत्यन्तै मिल्ने साथीका रुपमा परिचित छन् भने सामाजिक रुपमा पनि उत्तिकै परिचित छन् । दुवैजना एउटै पदमा चुनाव नलड्ने आरोप खेप्दै आएका खाँणलाई २०७९ को स्थानीयतहको निर्वाचनले एउटै पद्मा चुनाव लड्न बाध्य पारेको छ । वालिङका नागरिक सगँ भित्रैबाट घुलमिल गरेका दिलिपप्रताप र कृष्ण खाँणको नगर प्रमुखको उमेदवारीले कडा प्रतिस्पर्धा हुने बताइएको छ । २०५४ मा उपप्रमुख र २०७४ सालको निर्वाचनमा नगर प्रमुखमा भारीमतान्तरले दिलिपप्रताप खाँण निर्वाचित भएका थिए भने २०५४ को निर्वाचनमा नगर प्रमुखमा झिनो मतान्तरले कृष्ण खाँण पराजित भएका थिए । कृष्ण खाँण २०७० को संविधानसभा निर्वाचनमा पनि झिनो मतान्तरले सभाषद बन्नबाट रोकिएका थिए ।
राजनीतिक उचाईमा नेकपा एमालेको नगर, क्षेत्र हुदै जिल्ला उपाध्यक्ष बन्न सफल भएका कृष्ण खाँण अवसर पाएका व्याक्ति हुन् । अवसरबाट सफल हुन नसकेका कृष्ण खाँण यो पटक जसरी पनि वालिङ नगरको नगर प्रमुखमा जितहात पार्ने दाउमा छन् । दिलिपप्रताप खाँण भने लामो समय नेपाली काँग्रेसको नगरसभापति हुदै हालै सम्पन्न १४ औं महाधिवेसनमा लोकप्रिय मतसगै क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए । उपप्रमुख हुदै प्रमुख भुमिका निर्वाह गरेका दिलिपप्रताप खाँण नेपालभरीका नगरपालिकाहरु मध्ये निकै चर्चित मेयरका रुपमा परिचिय बनाएका व्याक्ति हुन् । आफुले कोरेको स्मार्ट सिटीको अवधारणालाई यो ५ बर्षमा पुरा गर्ने दृढ संकल्प लिएर पुन नगर प्रमुखमा बिजयी हुने अठोटका साथ लागेका छन् । दुवै उम्मेदवारले वालिङको मन जित्न सफल भएका कारण मतदान कसलाई गर्ने भन्ने अन्योलमा वालिङका मतदाता रहेको बताइएको छ । जुन खाँणले बिजयी हासिल गरेपनि वालिङ नगरपालिकाको बागडोर खाँणकै काधमा जाने सुनिश्चित भएको छ । वालिङ नगर कुन खाँणको काधमा जाने छ भन्ने बिषय भने बैशाख ३० गतेको निर्वाचन परिणाम पछि मात्रै थाहा हुने छ । दुवै खाँण लगायत अन्यदलबाट पनि मेयर पद्मा ४ जना प्रतिस्पर्धामा उत्रेका छन् ।
प्रतिक्रिया