शासक होइन, सेवक बन्ने छौं ः नगर प्रमुख उम्मेदवार रेग्मी

 

स्याङ्जा ।
स्थानीय तहको निर्वाचनको तिथी नजिकिदै गर्दा पुतलीबजारमा नेपाली कांग्रेसले घरदैलो तथा कोणसभा गरेको छ । पुतलीबजार नगरपालिका १४ मा घरदैलो सहित रजस्थल मैदानमा कोणसभा गरेको हो । कोणसभामा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य तुलसी गिरीले अघिल्लो निर्वाचनमा जनताले दिएको दुई तिहाईको मतलाई ओली सरकारले पटक पटक विघटन गरेर उपहास गरेको बताए ।

उनले भने, ‘आफनै साथीलाई संगठीत गर्न नसकी सरकार ढलाउने र विपक्षमा रहदा पनि पटक पटक संसद अवरुद्ध गर्दै बर्तमान सरकारलाई काम गर्नै नदिने जस्ता लजास्पद काम गर्दे आएको देख्नु भएकै छ ।’ दुइ÷दुई पटक स्थानीय तह जितेर यतीका लामो बर्षसम्म अविछिन्न शासन चलाउने नेतृत्व सम्हाल्दा समेत खासै विकास गर्न नसकेको जनाउदै यसपटक नेपाली कांग्रेसलाई मत दिएर काम गर्ने अवसर दिलाउन उनले मतदातालाई आग्रह गरे ।

कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार तुलसीराम रेग्मी, उपप्रमुखका उम्मेदवार देवी अर्याल, वडाअध्यक्ष पदका उम्मेदवार जितेन्द्रप्रकाश मल्ल लगायत सदस्यहरुले नगर तथा वडाका विकास निर्माणका बारेमा ५ बर्षे कार्ययोजना प्रस्तुत गरेका थिए । शासक भन्दा पनि नगरवासीको सेवकका रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । वडासभापति राजेन्द्रकुमार भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आमन्त्रित सदस्य होमनाथ ढकालले स्वागत एवं नगर सहसचिव प्रकाश पौडेलल संचालन गरेका थिए ।

 

प्रतिक्रिया