भीरकोटका ५ वटा वडामा काँग्रेसको प्यानल नै विजयी

भीरकोट ।

स्याङ्जाको भीरकोट नगरपालिकाको हालसम्म मतगणना भएका सबै वडाहरुमा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । हालसम्म गणना भएका ५ वटै वडामा काँग्रेसको प्यानल मात्रै विजयी भएको छ । भीरकोटमा हालसम्म एमालेले खाता खोल्न सकेको छैन् । नगरपालिकाको वडा नं १ मा विजयी भएका काँग्रेसका दिपेन्द्र केसीले  ९१६ मत प्राप्त गर्दा एमालेका भगवान केसीले ४७६ मत प्राप्त गरे । वडा नं. २ मा काँग्रेसका श्यामकाजी अधिकारीले ८३३ मत प्राप्त गर्दा एमालेका गोकुल अधिकारीले ४९५ मत प्राप्त गरे । वडा नं. ३ मा काँग्रेसका केशरबहादुर खड्काले १०३८ मत प्राप्त गर्दा एमालेका केशरजंग अधिकारीले ७८४ मत प्राप्त गरे । वडा नं ४ मा काँग्रेसका रत्नप्रकाश श्रेष्ठले ४४३ मत प्राप्त गर्दा एमालेका मेघनाथ ढुंगानाले ४३७ मत प्राप्त गरे । त्यसैगरी वडा नंं. ५ मा काँग्रेसका कृष्णबहादुर थापाले ८५८ मत प्राप्त गर्दा एमालेका सुर्यबहादुर चर्माकारले ६०८ मत प्राप्त गरेका छन् ।

९ वटा वडा रहेको भीरकोटमा हालसम्म गणना सकिएको ५ वडाको नतिजा अनुशार प्रमुखमा काँग्रेसका गोविन्दकुमार कर्माचार्य ३८७७ र एमालेका विश्वनाथ अर्याल ३१३९ मतसहित अन्य दलभन्दा अग्रमोर्चामा देखिन्छन् । यसैगरि उपप्रमुखमा काँग्रेसकी भगवती रेग्मी अर्यालले ४०४६ र एमालेकी सरस्वती अधिकारीले २९२३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया