स्याङ्जामा २८ वडाको मतपरिणाम सार्वजनिक

स्याङ्जा ।
स्थानीयतहको मतगणना स्याङ्जामा जारी छ । अहिले सम्म १० स्थानीयतहका २८ ओटा वडाको मतपरिणाम सार्वजनिक गरिएको छ । जसमध्ये २० वटा वडामा नेपाली काँग्रेसले बिजयी हासिल गरेको छ भने ८ वटा वडामा नेकपा एमालेले बिजयी हासिल गरेको छ । ९७ वडा रहेको स्याङ्जामा अहिले सम्म २८ वडाको मत परिणाम सार्वजनिक गरिएको हो । मतगणना भएका स्थानीयतहका अधिकांश पालिकामा नेपाली काँग्रेसले अग्रस्थान हासिल गर्दै आएको छ ।

यसै बिच हरीनास गाँउपालिकामा ३ वटा वडा अध्यक्षमा नेपाली काँग्रेसले जितेको छ भने २ वटा वडामा नेकपा एमाले बिजयी भएको छ । बिरुवा गाँउपालिकामा २ वटा वडा अध्यक्षमा नेपाली काँग्रेस बिजयी भएको छ । फेदिखोला गाँउपालिकामा ३, कालीगण्डकी गाँउपालिका १ वडा अध्यक्ष नेपाली काँग्रेस बिजयी भएको छ भने आँधीखोला गाँउपालिकामा १, कालीगण्डकी गाँउपालिकामा २ एमाले वडा अध्यक्षमा विजयी हासिल गरेको छ । अर्जुचौपारी गाँउपालिकामा १ वडा अध्यक्ष नेपाली काँग्रेसले बिजयी हासिल गरेको छ ।

यसै गरी भीरकोट नगरपालिकामा ३, पुतलीबजारमा २, गल्याङ नगरपालिकामा ३ र वालिङ नगरपालिकामा २ वडा अध्यक्षमा नेपाली काँग्रेस बिजयी भएको छ भने पुतलीबजारमा १, वालिङ नगरपालिकामा १ र गल्याङ नगरपालिकामा १ वडा अध्यक्षमा बिजयी हासिल गरेको छ । धमाधम वडाका परिणामहरु आउन थालेपछि राजनीतिकदलहरुले बिजयी जुलुस समेत निकाल्न थालेका छन् ।
पुतलीबजार नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख उम्मेदवार तुलसीराम रेग्मीले २९३० , नेकपा एमालेका प्रमुख उम्मेदवार सिमा कुमारी क्षेत्रीले २३४३ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका देवी अर्यालले २७९८ र नेकपा एमालेका महेश पुरीले २६५८ मत प्राप्त गरेका छन् ।

यसै गरी भीरकोट नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख गोविन्द कुमार कर्मचार्यले २६३५ र नेकपा एमालेका प्रमुख विश्वनाथ अर्यालले १९०० मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका भगवती अर्याल रेग्मीलेले २६८० र नेकपा एमालेका सरस्वती भट्टराईले १८५४ मत प्राप्त गरेका छन् ।
चापाकोट नगरपालिकामा नगर प्रमुखका उम्मेदवार नेपाली काँग्रेसबाट देवबहादुर खाँणले १६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका प्रमुख उम्मेदवार राजु कोइरालाले ११० मत प्रापत गरेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका इशा रानाले १६८ र नेकपा एमालेका सृष्टि मल्ले ९६ मत प्राप्त गरेका छन् ।

यसै गरी हरिनास गाँउपालिकामा गठबन्धनका नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार टोपा भुजेलले ३५५१ र नेकपा एमालेका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धरले ३१०५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनका नेकपा माओवादीका मिठु लम्सालले ३५०४ र नेकपा एमालेका इन्द्रकुमारी थापा रानाले ३११४ मत प्राप्त गरेका छन् ।
बिरुवा गाँउपालिकामा गठबन्धनका नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार डोलराज पोख्रेलले ११६१ र नेकपा एमालेका अध्यक्ष सुर्य कुवरले १००५ मत प्राप्त गरेका छन् । गठबन्धनबाट उपाध्यक्ष नेकपा माओवादीका थमबहादुर गुरुङले ९७५ र नेकपा एमालेका भगवती शर्माले ९१० मत प्राप्त गरेका छन् ।

फेदिखोला गाँउपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार लक्ष्मीप्रसाद बरालले १४४८ र नेकपा एमालेका अध्यक्षका उम्मेदवार घनश्याम सुवेदीले १३५८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका शिव पराजुलीले १०४१ र नेकपा एमालेका देउकुमारी गुरुङले १४१६ मत प्राप्त गरेका छन् ।

कालीगण्डकी गाँउपालिकामा अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापाले २८९२ र नेपाली काँग्रेसका माया रानाले २४१९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले २६१० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सावित्रा कोइरालाले २४४७ मत प्राप्त गरेका छन्

अर्जुनचौपारी गाँउपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार प्रकाश तिवारीले १५६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार १३३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका सपना गुरुङले १७३६ र नेकपा एमालेका टंकप्रसाद खनालले ११५२ मत प्राप्त गरेका छन् । गल्याङ नगरपालिकामा प्रमुखमा नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराईले ४६४३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुर्यप्रसाद गैह्रेले ३६८२ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हेमा न्यौपानेले ४३७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका देवी थापाले ३७६८ मत प्राप्त गरेका छन् । वालिङ नगरपालिकामा प्रमुखमा नेपाली काँग्रेसका दिलिपप्रताप खाँणले २३९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण खाँणले ३०३२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका कविता तिवारीले २६२९ प्राप्त गरेका छन् भने नेकपा एमालेका खगिसरा थापाले २५२२ मत प्राप्त गरेका छन् । भोली सम्म स्याङ्जाका गाँउपालिकाको नतिजा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ भने नगरपालिकाको भने केही दिन अझै लाग्न सक्ने बताइएको छ ।

 

प्रतिक्रिया