सफथ पूर्व नवनिर्वचित उपप्रमुख तिवारी पुगिन शोकाकुल परिवार र बिरामी भेट्न

स्याङ्जा ।
वैशाख ३० गते देशभर निर्वाचनको उल्लास भइरहँदा वालिङ १४ अर्खलबासमा जिप दुर्घटना हुन पुग्यो । दुर्घटनामा गर्भवती महिला सहित १४ जनाको दुखद निधन भयो । सिर्खे गाउँका १४ जनाको निधन हुँदा अहिले गाउँ नै शोकमा छ । जनप्रतिनिधि नागरिकको सुखदुखमा सँगसँगै हुनुपर्छ भन्ने भावना बोकेकी नगरपालिकाकी नवनिर्वाचित उपमेयर कविता तिवारी गैह्रे सफथ हुनु भन्दा पहिले दुर्घटनामा ज्यान गुमाएकाका परिवार र अस्पतालका घाईतेलाई भेट्न पुगेकी छन् ।
नगरपालिका परिसरमा सफथको तयारी भईरहदा दुर्घटनामा निधन भएका मृतकका आफन्तलाई समवेदना दिन वालिङ १४ सिख्रे पुगेकी तिवारी बुधवार घाईते भेट्न पोखरा पुगेकी थिइन् ।
तिवारीले शोकाकुल परिवारलाई समवेदना व्यक्त गर्दै परिवारलाई र सक्नेजति सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।
यस्तै नगरपालिकाकी कार्यबाहक मेयर एवं काँग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले पीडितहरुलाई पार्टीको तर्फबाट सहयोग गर्ने बताए ।
प्रतिक्रिया