शिक्षण सिकाइ सुधार तालिम

भीरकोट ।
तिनदिने शिक्षण सिकाई सुधार तालिम सम्पन्न भएको छ । भीरकोट नगरपालिका ३ भित्र पर्ने सामुदायीक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई शिक्षणमा सुधार ल्याउन आयोजना गरिएको तालिम सम्पन्न भएको हो । भीरकोट नगरपालिकाको सहयोगमा अध्ययन फाउण्डेसन काठमाण्डौको आयोजनामा तालिम भएको थियो । शहिद शुक्र मावि बास्तरामा भएको तालिममा वडा अध्यक्ष केशरबहादुर खड्काले शिक्षण सिकाई तालिमबाट विद्यार्थीको पठन पाठनमा सुधार हुने विश्वास व्यक्त गरे ।
विद्यालयको शैक्षिक गतिविधिमा गुणस्तरीयता थप गर्ने उदेश्यले आयोजना गरिएको
तालिमको प्रशिक्षण अध्ययन फाउण्डेसनका निर्देशक शरण कुमार अर्यालले गरेका थिए । नेपाल मण्टेश्वरी एशोसिएसन काठमाण्डौका कोषाध्यक्ष विष्णुप्रसाद अर्यालले पनि तालिममा सहजिकरण गरेको आयोजकले जनाएको छ । ७ विद्यालयमा ५५ जना शिक्षक शिक्षिकाको तालिममा सहभागिता थियो ।
प्रतिक्रिया