असहायको सारथी बन्दै अर्जुचौपारी गाँउपालिकाका अध्यक्ष तिवारी

स्याङ्जा ।
जहाँ जनतालाई दुख र समस्या आइपर्छ त्यहाँ पुगिसकेका हुन्छन् अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी । यतीबेला तिवारी आफ्नो पालिकामा रहेका दिनदुखी, असहायको सहयोगमा ब्यस्त छन् । दिन भर जनताको काम अनि कार्यपालिकामा बस्ने तिवारी र उपाध्यक्ष सपना गुरुङ पालिकाको काम सगै जनताको सुख दुखमा पुगेका हुन् । अध्यक्ष तिवारी र उपाध्यक्ष गुरुङ मृतक परिवार, गर्भवती महिला र अपाङलाई भेट्न घर घरमा पुग्न थालेका छन् ।
पालिकामा पदभारसगै पुर्ण अपाङलाई भेट्न घरमै पुगेका अध्यक्ष तिवारी र उपाध्यक्ष गुरुङ बिजय भएसगै बृक्षारोपण गर्न पुगेका थिए । मृतक परिवार, गर्भवती महिला र अपाङलाई सहयोग गर्न आफु पछाडी नपर्ने बताउदै तिवारीले अर्जुनचौपारी ६ तमुखबारी पुगेर २८ बर्षको उमेर निधन भएका परिवारलाई सहयोग गरेका छन् ।
सामान्य घाटी दुखेर उपचार गर्न जाने क्रममा मृत्यु भएका दुर्गा बहादुर सार्कीको परिवारलाई तिवारीले २० हजार नगद दिएर सहयोग गरेका छन् । मृतक परिवारलाई सामान्य सहयोग गरेको बताउदै तिवारीले आर्थिक अवस्था हेरेर सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । पालिकाका जनताको घरमै पुगेर आफुले सहयोग गर्ने बताए ।
प्रतिक्रिया