ट्राफिक प्रहरीकोमा पुग्यो गरिमा बैंक

काठमाण्डौं ।

विकास बैंक मध्येको सफल गरिमा विकास बैंक ट्राफिक प्रहरीकोमा सामाग्री लिएर पुगेको छ । बैंकले बिहिबार ट्राफिक प्रहरी वृतलाई जनचेतनामूलक सामाग्री लिएर पुगेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक कार्यहरु गर्दै आईरहेको संस्थाले यसैलाई नै निरन्तरता दिदै यस विकास बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा असार १६ गते बिहिबारका दिन ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ । बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यसप्रकारका ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने विश्वास यस बैंकले राखेको छ । यसको भरपुर सदुपयोग गर्न पनि बैंकले सरोकारावालाई अनुरोध गरेको छ ।

यसभन्दा अगाडी बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई नाईट बेल्ड वितरण गरेको थियो । सामाजिक उत्तरदायीत्वमा गरिमा बैंक अन्य बैंकको तुलनामा अगाडी रहेको सरोकारवालाहरुको भनाई छ । खानेपानी, स्वास्थ्य सामाग्री, विपन्न परिवारलाई जस्तापाता जस्ता सामाग्री दिएर सहयोग गर्दै आएको छ ।
हाल, यस विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया