लायन्स क्लबको निर्णय पुस्तिका हस्तान्तरण

वालिङ ।

लायन्स क्लब अफ वालिङ सिटीको २०२२÷२०२३ को अधिवेशन तथा निर्णय पुस्तिका हस्तान्तरण कार्यक्रम वालिङमा गरिएको छ । क्लबका २०२१÷२०२२ का अध्यक्ष चुत्राकुमारी थापा (दुर्गा) ले नवनिर्वाचित अध्यक्ष दिपक लम्साललाई निर्णय पुस्तिका हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा एओजी चेतनारायण श्रेष्ठले लायन्स क्लबले समाजमा सकारात्मक सन्देशहरु दिने गरी आगामी योजनाहरु अगाडि सार्नुपर्ने बताउदै त्यसलाई सफल बनाउन क्लबका सबै पदाधिककारी तथा सदस्यहरु उत्तिकै जिम्मेवारीसहित अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले विगतका वर्षहरुमा पनि लायन्स क्लबले नयाँ नयाँ र रचनात्मक कार्यक्रमहरु गरेको स्मरण गदै उनले आगामी दिनमा पनि तिनै नीति तथा कार्यक्रमहरुको निरन्तरतासहित समयसापेक्ष नयाँ कार्यक्रमहरुलाई पनि स्थान दिंदैजानुपर्ने बताए ।

कार्यक्रममा पूर्व अध्यक्ष सीताराम अधिकारी, लायन्स क्लब अफ वालिङ सिटीका सदस्य कर्णबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिपक लम्सालले लायन्स क्लब अफ वालिङ सिटीको गरिमालाई जोगाउँदै सबैसँगको सल्लाह र सुझावलाई आत्मसात गर्दै निरन्तररुपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले निर्वाचित गराउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै नयाँ र परिवेश सुहाउँदो कार्यक्रमहरु ल्याउने र सकेसम्म धेरैलाई समेट्ने गरी अगाडि बढ्ने प्रतिबद्धता दोहो¥याए । कार्यक्रममा निवर्तमान अध्यक्ष चुत्राकुमारी थापा दुर्गाले लायन्स क्लबलाई सफलतापूर्वक यो अवस्थासम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने सबैप्रति आभार ब्यक्त गर्दै नवनिर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना ब्यक्त गरीन् ।

कार्यक्रममा बिजय कोईराला, पार्वती पंगेनी, स्वाँ श्रेष्ठ, गोविन्द तिवारी, फणिनारायण रेग्मी दिपक, युवराज सुबेदी, राधाकृष्ण डुम्रे, तोलाकान्त बगाले लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया