किसानलाई अनुदानमा कृषि सामाग्री

वालिङ ।

तरकारी पकेट संचालन समन्वय समितिको संयोजन तथा वालिङ नगरपालिकको आर्थिक सहयोगमामा अनुदानमा कृषकरुलाई कृषि सामाग्री वितरण गरिएको छ । वालिङ नगरपालिकाको ४ लाख अनुदान र कृषकहरुको ५० प्रतिशत अनुदान गरी ८ लाखको लागतमा वालिङ ५ जनकल्याङ सहकारी भवनमा एक कार्यक्रमको आयोजना गरी कृषि सामाग्री वितरण गरिएको हो । कृषकहरुको मागका आधारमा वालिङ ५ र ६ नं. वडाका कृषकहरुलाई ५० प्रतिशत लागत साझेदारीमा कृषि सामाग्री तथा विउविजन वितरण गरिएको हो ।

कृषि सामागी अन्र्तगत बिउबिजन, भर्मी कम्पोष्ट मल, मल्चीङ प्लाष्टिक, डिजिटल काँटा, ढुँसीनासक विषादी, किरा नियन्त्रक सामाग्री, कोकोपिट, जैविक किटनासक विसादी लालुपाते सहकारी सहित ६८ कृषकहरुलाई वितरण गरिएको हो । कार्यक्रममा नगरपालिकाका कानुनी सल्लाहकार नरबहादुर पौडेलले लागत साझेदारीमा प्राप्त कृषि सामाग्रीको उचित उपयोग गरी आफना कृषि व्यवसायलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन अनुरोध गरे ।
कार्यक्रममा वडा सदस्य रामप्रसाद लामिछाने, खेमकान्त पौडेल, डिल्लीराम रिजाल, टेकबहादुर गुरुङ, शोभाकान्त पौडेल, रेशमलाल रेग्मीलगायतले बालेका थिए । संयोजक निलकण्ठ लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन हुमनाथ लामिछानेले संचालन गरेका थिए भने स्वगत नारायणप्रसाद लामिछानेले गरेका थिए ।

प्रतिक्रिया