तालिमले गाँउमै हाते ट्याक्टर मर्मत

वालिङ ।
सरकारी निकाय होस वा गैह्र सरकारी निकायले प्रविधिमैत्री खेतीका लागि गाँउ गाँउमा हाते ट्याक्टर वितरण गरेका छन् । अब उत्पादनलाई प्रविधि मार्फत व्यवसायीकरण गर्न सहज हुने अभिलासाले ति निकायले हाते ट्याक्टर वितरण गरेका हुन् । ट्याक्टर वितरण गरेपछि सबै बढी समस्या बिग्रेर किसानहरु हैरानी व्यहोरेका छन् । गाडी रिर्जभ नै गरेर गाँउ गाँउ प¥याइएका हाते ट्याक्टरहरुमा सानो समस्या आउदा फेरी गाडी रिजर्भ नै गरेर बजार ल्याउनु पर्ने समस्या झेल्दै आएका थिए । तर अव भने यो समस्याबाट वालिङका कृषकहरुले लाभ पाउने भएकाछन् । वालिङ नगरपालिका, युएनडिपी, दियालो तथा ब्यवशायीक तथा सीप विकास तालिम केन्द्र पोखराको सहकार्यमा ट्याक्टर मर्मतको बिशेष तालिम सञ्चालन गरेको हो ।
वालिङ नगरपालिकाका कृषकहरुलाई हाते ट्याक्टर मर्मत गर्ने एड्भान्स तालिम प्रदान गरिएको छ जसले गर्दा कृषकहरुले गाँउमा नै हाते ट्याक्टरको मर्मत गर्न सक्ने भएका हुन् । वालिङ नगर भित्र मात्रै बिभिन्न निकायले बितरण गरेका दुई हजार भन्दा बढि हाते ट्याक्टर रहेकाछन् । जसको गाँउमा नै मर्मत हुन सके उत्पादनमा लागत कम पर्ने र कृषकहरुलाई पनि सहज हुने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए ।
कृषकहरुको मागको आधारमा तालिम सञ्चालन गरिएको भन्दै नगरउपप्रमुख कविता तिवारीले अव गाँउ गाँउमा नै हाते ट्याक्टरको मर्मत गर्न सक्ने सक्षम जनसक्ति तयार भएको जानकारी गराइन् । गाँउ गाँउमा हाते ट्याक्टर सामान्य समस्याले समेत फालिएकाछन् जसको कारण कृषकलाई मार परेको छ त्यसैले बाहिरबाट दक्ष प्राविधिक बोलाएर तालिम सञ्चालन गरिएको हो तिवारीले बताइन् ।
यसअघि गत महिना ५० जना कृषकलाई प्रारम्भिक हाते ट्याक्टर मर्मत तालिम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशाससकीय अधिकृत राजन भट्टराईले जानकारी दिए । सबैको ध्यान ट्याक्टर बितरणमा मात्रै गयो मर्मत गर्न सक्ने जनशक्ति बनाउनमा गएन त्यसैले हामीले बितरण सँगै मर्मत गर्न सक्ने जनशक्ति तयार पार्न लागि परेका हौं भट्टराईले भने ।
१४ वटै वडाबाट छानिएर आएका १५ जना ब्यवशायीक कृषकलाई एड्भान्स तालिम प्रदान गरिएको हो । तालिममा सहभागि भए पछि उत्साहित भएका वालिङ २ का कृषक नीर बहादुर सार्कीले भने मेरो घरमा दुई वटा खेत जोत्ने ट्याक्टर सामान्य समस्याले फालिएकाछन् अव आफै बनाएर प्रयोग गर्न सक्ने बनाउछु । सार्की मात्रै होईन तालिममा सहभागि १५ जना युवा नै आफै ट्याक्टर बनाउन सक्ने भएकाछन् ।
प्रतिक्रिया