भीरकोटका बाख्रा पालक कृषकलाई अनुदान

अमृत अर्याल,
स्याङजा ।
जिल्लाको भीरकोटमा बाख्रा ब्लक कार्यक्रम अन्तर्गत ३५ लाख बराबरको अनुदान कृषकहरुलाई वितरण गरिएको छ । गण्डकी प्रदेश सरकार मार्फÞत भेटेनटी केन्द्र पशु ज्ञान केन्द्र स्याङजाको अनुदानमा खोर सुधार, बिऊ बोका वितरण, औषधी वितरण र घाँस वितरण गरेको हो । स्थानीय शान्तिथुम कृषि तथा पशुपंक्षी फर्म मार्फÞत ६५ जना कृषकहरुलाई अनुदान वितरण गरिएको अध्यक्ष खनबहादुर बस्नेतले बताए । ९ वटै वडामा १० लाख बराबरको बोका, २० लाख १० हजार खोर सुधारका लागि र ३ लाख बराबरको घाँस वितरण गरिएको बस्नेतले बताए ।

अनुदान वितरण गर्दै भीरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्यालले अनुदान रकम जीवनस्तरको गर्जो टर्ने मात्र नभै कृषकहरुलाई व्यावसायिक बनाउन समेत उपयोगी हुने बताईन् । भीरकोट नगर भित्र पशुपंक्षी पालनलाई व्यवसायमा बदल्ने गरी हामी अगाडी बढेको उपप्रमुख अर्यालको भनाई थियो । अनुदान वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसाल, नगर प्रवक्ता दीपेन्द्र केसी, भेटेनरी केन्द्र स्याङजाका प्रतिनिधि पुरुषोत्तम कोईराला, भीरकोट बाख्रा महासंघका अध्यक्ष भुवन मल्ल लगायतले कृषकहरुलाई व्यावसायिकता तर्फ उन्मुख गर्न यो अनुदान रकÞम वितरण गरिएको बताए । पछिल्लो समय भीरकोटमा बाख्रा पालनमा युवाहरुको आकर्षण बढ्दो छ । बाख्रा पालनमा खासगरी घाँस र खोर ब्यवस्थापन नै महत्वपूर्ण हुने बताउँछन ब्यवसायी भुवन मल्ल । बाख्रा पालनको सोच बनाउनु निकै राम्रो कुरा हो । बाख्रा पालन सुरु गर्नुभन्दा छ महिना पहिला नै घाँस लगाउन आवश्यक छ मल्लले भने ।

भीरकोटको सबै भुभाग बाख्रा पालनको लागि उपयुक्त छ भने खास गरि ग्रामिण भेग अझै उपयुक्त मानिन्छ । सवन्धित ज्ञान् भए पुग्ने र ठूलो लगानि आवश्यक नपर्ने र शैक्षिक ज्ञान कम भएकाले पनि यो पेशा सहजै गर्न सक्ने भएकाले आकर्षण बढ्दै गएको हो । सरकारले व्यावसायिक बाख्रा पालनको लागि खोर सुधार लगायत विभिन्न शिर्षक मा अनुदान दिदै आएको छ । बाख्रा पालनमा आज लगानी गरेर भोलि नै प्रतिफल खोज्न नमिल्ने मल्लको भनाई छ ।

 

प्रतिक्रिया