पोखरीमा डुबेर गल्याङका २ जनाको मृत्यु

स्याङजा ।
गल्याङ नगरपालिका ७ महाथुम्का भन्ने स्थानमा रहेको पोखरीमा डुबेर २ जनाको निधन भएको छ । मृत्यु हुनेमा सोही वडाकी ३३ बर्षिय बृन्दा गुरुङ र अन्दाजी ५÷६ बर्षिय शोफिया गुरुङको निधन भएको हो । दिउसो घाँस काट्न सगै शोफियालाई साथमा लिएर बृन्दा महाथुम्का भन्ने स्थानमा गएकी थिइन । नजिकै निर्माण गरिएको पलाष्टिक पोखरीमा शोफिया डुबेको देखेपछि बृन्दा बचाउन जादा आफै पनि डुबेर घाईते भएको प्रहरीले जनाएको छ ।
उपचारका लागि गह्रौ घ्याङलिङ अस्पताल वालिङमा पुराए लगत्तै डाक्टरले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय वालिङले जानकारी दिएको छ । घट्नाको बिस्तृत जानकारीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने दुबै जना एकै घरको नभएको बताइएको छ । शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र घट्नास्थलको अनुसन्धानका लागि प्रहरी पुगेको बताइएको छ ।
प्रतिक्रिया