सामुदायिक विद्युत समितिमा अनियमितता, छाविन गर्न उपभोक्ताको माग

 

स्याङ्जा ।
सामुदायिक विद्युत उपभोक्ता समिति ओकोबराले विद्युत सेवा प्रवाह देखि आर्थिक अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा छानविनका लागि उजुरी दर्ता गरिएको छ । स्थानीय उपभोक्ता डोलराज पोख्रेलको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासनमा उजुरी दर्ता गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मी समक्ष छाविनको उजुरी पेश गरेको स्थानीय उपभोक्ता पोख्रेलले बताए । टोलीले दर्ता गराएको उजुरीमा लामो समयदेखी हिसाबकिताव सार्वजनिक नगरेको, सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि अझै नेतृत्वमा, अवैधानिक अधिवेसन र साधरणसभा गरेको, कमसलखालका सामाग्री खरिद गरेको, बत्ति जाने समस्या समाधानमा चासो नदिएको लगायतका बिषय उल्लेख गरिएको छ ।

ग्रामिण क्षेत्रमा विद्युत आपुर्ति पुरागर्ने उदेश्य राखेर दर्ता गरिएको संस्थाले लामो समयदेखी हिसावकिताब सार्वजनिक नगरिनु, साधरणसभा तथा अधिवेसन नगरिनुले संस्थामा ठुलो आर्थिक चलखेल भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन् । प्रतिनिधिमुलक तवरबाट पेश गरिएको उजुरीमा झण्डै २ दर्जन उपभोक्ताले हस्ताक्षर गरेको बुझिएको छ । सामुदायिक विद्युत उपभोक्त समिति ओकोबरा, कोल्मा बराचौर स्याङ्जा नामबाट झण्डै १५ बर्ष अगाडी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा यो संस्था दर्ता गरिएको थियो ।

 

विद्युत प्राधिकरण सगँ सम्झौता गरी पुतलीबजारको केही वडा, बिरुवा र हरिनास गाँउपालिकाका जनतालाई सामुदायिक मार्फत विद्युत सेवा प्रवाह गर्दै आएको छ । १२ बर्षदेखि संस्थाको साधरणसभा र अधिवेसन नगरिएको आरोप उजुरीमा लगाइएको छ । झण्डै ३ हजार ५० उपभोक्ता रहेको सो संस्थामा लामो समयदेखि संस्थाको प्रगति विवरण पाउनबाट बन्चित रहेका उपभोक्ता अहिले छानविन गरी कारवाहिको माग गर्दै उजुरी लिएर जिल्ला प्रशासन धाउन बाध्य रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर संस्था सञ्चालन गरिएको भएपनि अहिले सम्म प्रशासनमा झुटो विवरण बुझाएर नविकरण गरिएको बताइएको छ । यस बिषयमा तत्काल छानविन प्रक्रिया अगाडी बढाईने जिल्ला प्रशासन स्याङ्जाले जनाएको छ । यता संस्थाका कार्यालय प्रमुख डोलराज पौडेलले भने लामो समयदेखि अधिवेसन नभएको स्विकारेका छन् । साधरणसभा र अधिवेसन गर्ने भन्दाभन्दै कोरोना संक्रमण शुरु भएकाले अधिवेसन गर्न ढिलाई भएको पौडेलले बताए । संस्थामा आर्थिक अनियमितता नभएको दावी गर्दै पौडेलले संस्था संचालनमा कठिनाई नभएको बताए । भदौ महिनाभित्र संस्थाको अधिवेसन र साधरणसभा हुने निर्णय भएको उनले सुनाए ।

टोलीले विभिन्न माग राख्दै समितिलाई समेत ज्ञापनपत्र बुझाएको स्थानीय अजित क्षेत्रीले बताए । उपभोक्ताले राखेको मागलाई सम्बोधन नगरेमा कडा कदम चाल्न सकिने ज्ञापनपत्रमा उल्लेख छ । बिरुवा र हरिनास गाँउपालिका जिल्लाको अलि ग्रामिण क्षेत्र भएको पालिका हो । यहाँका बासिन्दाले विद्युत सेवामा बेला बेलामा समस्या झेल्दै आएको गुनासो आइरहेको थियो । असुरक्षिति विद्युत प्रयोग गर्न बाधयभएको यहाँका सेवाग्राहीका बारेमा विद्युत प्राधिकरण र सम्वन्धित निकायले चासो दिनु जरुरी देखिएको छ ।

प्रतिक्रिया