प्रदेश सांसद मल्लले भने—अपुरा कामलाई पुर्णता दिन प्रयास गर्नेछु

वालिङ ।
गण्डकी प्रदेशका सांसद तथा नेपाली काँग्रेस गण्डकी प्रदेशका सचेतक भागवत प्रकाश मल्ले मतदातालाई धन्यवाद दिएका छन् । २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ को (ख) बाट निर्वाचित मल्ले आफ्नो प्रदेश सांसद पदको ५ बर्षे कार्यकाल सकिएको जानकारी दिदै सबै मतदातालाई उनले हार्दिक आभार व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल मार्फत मल्लले सबै मतदातालाई ५ बर्ष प्रदेश सांसदमा निर्वाचित गराएर जनताको सुखदुख र विकास निर्माणसगँ सम्वन्धित् काममा तल्लिन हुने अबसर प्रदान गरिदिएकोमा सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु भन्दै सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्, ‘गण्डकी प्रदेशको प्रदेश सभा सदस्यको हैसियतमा रहि यो पाँचबर्षे कार्यकालमा मैले के कति कामहरू गर्न सकें भन्ने कुरा आम जनसमक्ष जगजाहेर नै छ । काम गर्ने सिलसिलामा कतिपय कामहरू अपुरा रहन गएका पनि होलान्, त्यस्ता कामहरूलाई पूर्णता दिन आगामी दिनहरूमा समेत मेरो बलबुताले भेटेसम्म प्रयास रहने नै छ ।’

आज कार्यकालको अन्तिम दिन सम्पूर्ण शुभचिन्तकहरूप्रति पुनः हार्दिक आभारका साथ धन्यवाद ब्यक्त गर्दछु । जय नेपाल भन्दै उनले सामाजिक सञ्जाल मार्फत सबै मतदाता प्रति पुन सहयोगको समेत अपेक्षा गरेका छन् । २०७४ को संघ र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसको साख जोगाएका मल्ल कायृकर्ता माझ निकै लोकप्रिय मानिन्छन् ।

प्रतिक्रिया