एमाले सचिव अर्याल बिरुद्ध बागी उम्मेदबार

स्याङ्जा ।
नेकपा एमालेका सचिव पद्मा कुमारी अर्याल बिरुद्ध बागी उम्मेदवार परेको छ । सचिव अर्याल निकट रहेर लामो समय पाटीमा काम गरेका कपिलदेव न्यौपानेले बागी उम्मेदवार दर्ता गराएका हुन् । स्याङ्जा क्षेत्र नम्वर २ संघिय सांसदका अर्यालले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गरेकी छन् । अर्यालको बिरुद्ध न्यौपानेले संघिय सांसदमा उम्मेदवारी दर्ता गरेको जनाएका छन् ।

२०७४ सालको आम निर्वाचनमा स्याङ्जा क्षेत्र नम्वर २ बाट सांसदमा बिजयी भएकी अर्याल पछिल्लो समय पार्टी भित्रै गृहजिल्लामा विवादित बनेकी छन् । उनले पाटी भित्र मनोमानी र एकलौटी निर्णय गरेको भन्दै न्यौपानेले उनी बिरुद्ध बागी उम्मेदवार दर्ता गराएको जनाएका छन् । नेकपा एमाले गण्डकी प्रदेस सदस्य एवं युवा तथा खेलकुद बिभाग प्रमुख रहेका न्यौपाने युबाहरु माझ निकै लोकप्रिय मानिन्छन् । स्याङ्जा २ बाट अर्यालका विरुद्ध न्यौपानेले मनोनयन दर्ता गराएपछि एमालेभित्र हल्लाखल्ला मच्चिएको बताइएको छ । पार्टी भित्र एकलौटी र मनोमानी गरेको कार्यकर्ताको मनोभावना बिपरित काम गरिरहेको भन्दै अर्याल बिरुद्ध बाध्य भएर उम्मेदवारी दिन परेको न्यौपानेले बताए ।

प्रतिक्रिया