जनताको महुार फेर्ने मेरो चाहाना हो ः प्रदेश उम्मेदवार अर्याल

वालिङ ।
स्याङ्जा संघिय निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश (क) का उम्मेदवार तथा नेपाली काँग्रेसका नेता भोजराज अर्यालसहितको टोलिले शुत्रबार वालिङ ५ र ९ का विभिन्न ठाउँहरुमा चुनावी तथा घरदैलो कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै अर्यालले जनताको हातमा हात र काँधमा काँध मिलाएर हरेक परिस्थितिमा संगै हिड्ने पार्टी नेपाली काँग्रेस भएकाले आगामी चुनाव पछि पनि सारथि बनाउन आग्रह गरे । स्याङजाको विकासमा आफु निरन्तर अहोरात्र खटिरहेको र अब पनि पछि नहट्ने उनको दाबी छ । दिगो बिकासका लागी विभिन्न योजनाका साथ फेरी जनतामाझ आएको र छुट्टैखाले नीति निमार्ण गरेर पाँच वर्षमा स्याङजालाई नमुना जिल्लाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा भीरकोट नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) लगाएतको सहभागिता रहेको थियो ।
अर्याल जनताको घरदैलोमा पुगेर उनीहरुको आवश्यकता र चाहानाका बिषयमा गम्भीर भएर लागेका छन् । विगतका जनप्रतिनिधिहरुले ५ बर्षमा गरेको विकासको समिक्षा गर्ने बेला आएको बताउदै उम्मेदवार अर्यालले जनताको मुहार फेर्ने मेरो सपनालाई साथ दिन मतदाता सगँ अपिल गरे ।
प्रतिक्रिया