हाम्रो शत्रु गरिबी, रोग, भोक, अशिक्षा, बेरोजगार र भष्ट्रचार हो ः उपसभापति गुरुङ

आरती कुँवर,
वालिङ ।
स्याङजा क्षेत्र नं २ का नेपाली काँग्रेसका प्रतिनिधी सभा उम्मेदवार तथा केन्द्रीय उपसभापति धनराज गुरुङले फरक पार्टी, फरक पार्टीको झण्डा बोक्दैमा, फरक बिचार हुदैमा कोहि पनि हाम्रो शत्रु नहुने बताएका छन् । उनले वास्तवमा हाम्रो शत्रु भनेको गरिबी, रोग, भोक, अशिक्षा, बेरोजगारी तथा भ्रष्टाचार भएको बताएका हुन् । चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिव्र रुपमा अगाडी बढाउने क्रममा शुक्रबार कालिगण्डकी ६ र ७ का विभिन्न स्थानमा गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले अब यी सबैको अन्त्यका लागि काँग्रेस पाटी विजयी हुनुपर्ने बताए ।

यी सबैका विरुद्ध लडेर देशलाई सहि मार्गमा हिडाउनको लागि नयाँ यात्रा तय गरेकाले त्यसमा नागरिकको पुर्ण साथको अपेक्षा आफुले लिएको बताए । आगामि मंसिर ४ गतेको चुनावमा समुन्नत देश निमार्णको लागी आफुँलाई मतदान गरि शुसासनको यात्रालाई शुभयात्रामा परिणत गर्न समेत गुरुङ्ले मतदातालाई आग्रह गरे । देशलाई सहि मार्गमा हिडाउनको लागी आफ्नो शत्रुलाई परास्त गर्नुपर्ने भएकाले त्यसको थालनी गरेको र त्यसलाई निरन्तरता दिनको लागी सबै स्याङजाबासीको साथ आवश्यक रहेको उनको भनाई छ ।

जब सम्म भ्रष्टाचारको बिरुद्ध आवाज उठाउदैनौ तब सम्म थला परेको देश उठाउन सकिदैन उनले भने,‘मंसिर ४ को चुनावमा सोच बिचार गरेर मतदान गर्नुहोला ।’ युवालाई रोजगारी दिने र भ्रष्टाचारलाई जरैदेखी निमुर्ल पार्नको लागी जनता चनाखो हुनुपर्ने बेला आएको छ उनले भने । कार्यक्रममा पुर्व सांसद मोहन पाण्डे, शंकर पाण्डे, प्रदेश (ख) का उम्मेदवार महेश भट्टराई, चापाकोट नगरप्रमुख देबबहादुर खाँण (ईश्वर), युवा नेता भागवत प्रकाश मल्ल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया