म भ्रष्टाचार विरोधी अभियानमा छु ः उम्मेदवार गुरुङ

वालिङ ।
नेपाली काँग्रेसका केन्द्रिय उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ का उम्मेदवार धनराज गुरुङले आँफु भ्रष्टाचार विरोधी अभियानमा रहेको बताएका छन् । स्याङ्जा क्षेत्र नंं २ का विभिन्न वडाहरुको भेला तथा घरदैलो कार्यक्रममा उपसभापति गुरुङले यस्तो बताएका हुन् । देशमा ब्याप्त बेरोजगारी बढ्नु, १७ खर्बको ऋण थुप्रिनु भ्रष्टाचारका कारण भएको भन्दै देशमा भ्रष्टाचारको अन्त्य नभएसम्म देशमा समृद्धि आउन नसक्ने गुरुङ्ले बताए । भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्न सकियो भने देशमा युवाहरुले रोजगार पाउन, निशुल्क उच्च शिक्षा, निशुल्क स्वास्थ्य उपचार गर्न जनतालाई कठिनाई नहुने गुरुङ्बो भनाई थियो । स्याङ्जाको गौरवको बिषयसगँ जोडिएको सिद्धार्थ राजमार्ग डेटिकेडेट सहित दुई लेनको बनाउने र चापाकोट तथा वालिङमा एक सय शैयाको अस्पताल निर्माणमा आफु लाग्ने विश्वास दिलाए । समग्र जिल्लाको विकासका लागि कार्य योजना तयार गरी गौरवका आयोजना संचालनमा मेरो पुरै ध्यान जाने गुरुङ्ले बताए । आफुले पनि भष्ट्रचार गर्दिन र गर्न पनि दिने छैन उपसभापति गुरुङ्ले मतदातासगँ भने,‘मुलुकको समृद्धिको सबैभन्दा बाधक भनेकै भष्ट्रचार हो ।’ यो पटक सबै मतदाता भष्ट्रचार बिरोधी अभियानमा लाग्नु आवश्यक छ उनले भने ।

कार्यक्रममा प्रदेश उम्मेदवार भोजराज अर्यालले राजनितिमा इमान्दारिता नमरेको भन्दै लामो समयदेखि आँफुले जनताको काम गर्दै आएको बताए । यसपटक इमान्दारिताका लागी आफ्नो पक्षमा मत दिन उनले सबैसगँ अनुरोध गरे । काँग्रेसले गरेका विकास निर्माणका कार्यहरु अधुरा रहेको र ति अधुरा कामलाई पुरा गर्न काँग्रेसलाई जिताउनु पर्ने अर्यालले बताए । प्रदेशको मुहार फेर्न र यहाँका नागरिकको समस्याको समाधानमा आफु जहिले पनि लागि पर्ने धारणा अर्यालको थियो । प्रतिनिधिसभा उम्मेदवार गुरुङ र प्रदेशसभा उम्मेदवार अर्याल नयाँ अनुहार हुन् । लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार गुरुङ र अर्याल मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेण्डा र जनताका गुनासा प्रत्यक्षरुपमा भन्ने र सुन्ने अभियानमा व्यस्त छन् ।

प्रतिक्रिया