लोकदोहोरी स्याङ्जाको अध्यक्षमा खड्का

वालिङ ।
राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा नेत्र खड्कालाई निर्वाचित गर्दै चयन भएका छन् । वालिङमा भएको आठौं जिल्ला अधिवेसनले खड्को अध्यक्षतामा २३ सदस्य कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा निवर्तमान अध्यक्ष ऋषि डुम्रे, प्रथम उपाध्यक्ष जगत गौडेल दितिय उपाध्यक्ष राम तिवारी, महिला उपाध्यक्ष तारा पौडेल, सचिबमा राजेश भण्डारी, कोषाध्यक्षमा कमला गैरे, सह सचिबमा गोबिन्द चापागाइ, सह कोषाध्यक्षमा रबिना गुरुङ र सगठन बिभाग प्रमुख दिपक कार्की चयन भएका छन् ।

त्यसै गरी सदस्यहरुमा क्रमशः सुरज श्रेष्ठ, अनिल लम्साल, सोम बस्याल, रोशन बिक, जिबन थापा, सगुन थापा, सफल सापकोटा, दिलु गुरुङ, रेशम थापा मगर, यम ब नेपालि , लक्ष्मणसिंह ठकुरी , दिलिप मानन्धर र सन्तोष सुनार चयन भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रिीय प्रतिनिधि शिव हमालले जानकारी दिए । प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष रमेश विजीको प्रमुख आथित्यतामा भएको जिल्ला अधिबेसनमा स्याङ्जाली कलाकारहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा पशुपति शर्मा, शिव हमाल, घनश्याम रिजाल लगायतले स्याङ्जा कला र संस्कृतिमा धनी जिल्ला भएकोले यसको साख बचाईराख्न आवश्यक परेको बताए । प्रतिष्ठानले कलाकारितामा प्रतिभाका धनीको खोजी गर्दै सम्मान गरेको थियो । अनाथ बालवालिकालाई आश्रय दिएर मानीय सेवामा ठुलो योगदान दिएको भन्दै अमोर बालगृह संचालक कमला पराजुलीलाई सम्मान गरिएको थियो ।

ऋषिराम डुम्रेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम सचिव राजेस भण्डारीले संचालन गरेको पुर्व अध्यक्ष गोपाल जिटीले जानकारी दिए ।

 

प्रतिक्रिया