बालवालिकालाई भिटामिन र जुकाको औषधी

वालिङ ।
स्याङ्जाका १ देखी ५ बर्ष भित्रका बालवालिकालाई आजदेखी भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन शुरु गरिएको छ । २४ हजार औषधी जिल्लाका सबै पालिकामा पठाईसकिएको स्वास्थ्य कार्यालय स्याङ्जाका सुचना अधिकारी बिष्णु सुबेदीले जानकारी दिए । १९ हजार बालवालिकालाई भिटामिन र जुकाको औषधी खुवाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार १७ हजार ७ सय बालवालिकाले भिटामिन र १५ हजार ७ सय ८३ बालवालिकाले जुकाको औषधी खादैछन् । बैशाख ६ र ७ गते खुवाइने औषधी भोली ७ गते बेलुका सम्म कति बालवालिकाले औषधी सेवन गर्ने छन् भन्ने तथ्याङ्क आउने बताइएको छ । भिटामिनयुक्त खाना खुवाउन सबै अभिभावकलाइृ अनुरोध गर्दै स्वास्थ्य कार्यालयले भिटामिन औषधी खाना खुवाएर निर्मुल पार्नुपर्ने स्वास्थ्य कार्यालयको अभियान छ ।

प्रतिक्रिया