गल्याङ् नगरले थाल्यो नागरिकको आँखाको निशुल्क उपचार

गल्याङ ।
गल्याङ नगरपालिकाले आफ्ना नागरिकको निशुल्क आँखाको उपचार थालेको छ । निशुल्क आँखा शिविर आयोजना गरेर नगरपालिकाले हरेक वाडमा नागरिकको आँखाको उपचार थालेको हो । नगरपालिकाले टोलटोलमा पुगेर आँखाको समस्या भएका ब्यक्तिहरुलाई उपचारमा सहजता दिलाउन बृहत् निशुल्क आँखा शिविर सुरु गरेको छ । गल्याङ नगरपालिकाको आयोजनामा पहिलो चरणमा ५ वटा वडाहरुमा संचालित हुनेगरी सोमवारबाट शुभारम्भ गरेको छ । निशुल्क आँखा शिविर सुभारम्भ गर्दै गल्याङ् नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले भौगोलिक हिसाबले असहजता बनाएको क्षेत्रमा नगरवासीको सहज रुपमा स्वास्थ्य सेवा पाउनेगरी आफू लागिरहेको बताए ।

उनले आर्थिक रुपले कमजोर र सामान्य उपचारकै लागि ठुला शहरहरुका अस्पताल जानुपर्ने बाध्यताको अन्त्यका लागि काम गरिराख्ने समेत बताए । तपाईंहरुको दुख र सुखमा सधै सगै रहनेगरी काम गरिरहेको भन्दै नगर प्रमुख भट्टराईले नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई महत्वपूर्ण रुपमा राखी योजनाहरु समेत तयार पारेको जानकारी गराए । कार्यक्रममा गल्याङ नगर शिक्षा समितिका सदस्य चन्द्र राना, हिमालयन आँखा अस्पताल पोखराका नेत्र विशेषज्ञ सुवास नेपाल लगाएतले नेत्र रोग सम्बन्धि समस्याको निदानमा यस्ता खाले कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याउने बताए ।

गल्याङ् नगरपालिकाको वडा न ८ तिनदोबाटेमा आजबाट सुरुवात गरिएको शिविर पालिकाको सबै वडाहरुलाई हुनेगरी गल्याङ् नगरपालिका वडा न ३,४,६ र ११ मा समेत सन्चालन हुदैछ । नगरपालिकाले हालै पाठेघरको उपचार सम्बन्धि शिविर समेत सम्पन्न गरेको थियो भने तत्कालै हरेक टोलटोलमा हुनेगरी कृषि प्राबिधिक सहितको कृषि तथा पशु स्वास्थ्य सिविर समेत संचालन गर्न लागेको छ । गल्याङ् नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णु ओलीको स्वागत सगै सुरु भएको उक्त कार्यक्रम वडा न ८ का वडाध्यक्ष झिम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिकाको आर्थिक सहयोगमा संचालित उक्त निशुल्क आँखा सिविर हिमालयन आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ सुवास नेपाल, नेत्र प्राबिधिक गोबिन्द ढकाल, अरुण श्रेष्ठ लगाएतले नागरिकको आँखा परिक्षण गर्नेछन् भने सिविर ५ दिन सम्म संचालन हुनेछ ।

प्रतिक्रिया