बजारमा दुर्घटना घटाउन ब्रेकर

हिमाल न्यौपाने,
गल्याङ ।
साघुरो अनि ओरालो बजार । दैनिक सयौ मोटरसाइकल र ग्रामिण क्षेत्रमा जिप आवातजावत गर्ने । त्यो हो स्याङजाको तेस्रो ठुुलो व्यापारीक केन्द्र गल्याङ । सवारी साधन र मानिसहरुको आवतजावतले अत्यन्तै भिडभाड हुने बजारमा दैनिकजसो दुर्घट्ना हुने । साघुरो अनि ओरालो सडक भएपछि दुर्घट्ना नहुने कुरै भएन । बढ्दो दुर्घट्ना न्युनिकरण गर्न बजारमा ब्रेकर राख्ने काम शुरु गरिएको छ । बजारका बिभिन्न ठाउँमा ४० पिस पलाष्टिकका ब्रेकर ५ ठाउँमा राख्ने काम शुरु भएको हो । बजारमा ब्यापारका लागी गाउँवाट बृद्धबृद्धा देखी तन्नेरी सम्मका आउने गर्दछन । त्यसैमा पनि बाईक तथा अटो अत्यन्तै स्पिट चलाएर हिडाल्दा कतै ठुलो मानवीय क्षती हुने हो कि भन्ने चिन्ताले ब्रेकर राखेको आयोजनाका अध्यक्ष रफी खानले बताए ।
उक्त बजारमा ब्रेकर राख्नका लागी बजारवासीले वडा कार्यालयलाई अनुरोध गरेपछि वडा कार्यालयबाट बजेट बिनियोजन गरी ब्रेकर राखेको खानले बताए । बजारमा ब्रेकर नहुँदा सवारी चालकले जथाभावी चलाउदा दुर्घट्ना हुने डर र त्रासमा सधै बजारवासी रहिरहेका थिए । बजारबासीको माग र आवश्यकतालाई मध्यनजर गरेर ब्रेकर राख्ने बजेट वडाले व्यवस्था मिलाइदिएको वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
जनाताको हक हितका लागी आफुु सदैव सेवक रहेको बताउदै वडा अध्यक्ष भट्टराईले भईपरी आउने समस्याको समाधानका लागी वडा कार्यालय सधै तयारी रहने बताए । ब्रेकर राख्न गल्याङ प्रहरी चौकी, गल्याङ उद्योग बाणिज्य संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठ, समाजसेवी महेन्द्र श्रेष्ठ, गल्याङ ब्याट्मिन्टन क्लवका अध्यक्ष सुुरेस सुवेदी, लगायत बजार बासीको सहभागति रहेको थियो । उत्त ब्रेकर राखेपछि बजारमा दुुर्घनामा कमी आउने विश्वास बजारवासीको छ ।
प्रतिक्रिया