आन्दोलनमा गएका वालिङका शिक्षक घाइते

वालिङ ।
सरकारले ल्याएको विद्यालय शिक्षा विद्येयकको बिरोधको लागि आन्दोलनमा सहभागी हुन गएका एक शिक्षक घाइते भएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको काठमाण्डौँ केन्द्रित आन्दोलनमा सहभागी हुन जादै गर्दा वालिङका हरी बहादुर थापा घाइते भएका हुन् ।

वालिङ नगरपालिका १४ उपल्लो पेखु माविका प्रअ समेत रहेका शिक्षक हरी बहादुर थापा आन्दोलनको दोस्रो दिन बिहीवार स्कुटरमा चढेर आन्दोलन स्थल तर्फ जादैगर्दा थापा सवार स्कुटरलाई ढुङ्गे अड्डामा पछाडिबाट मोटरसाइकलले ठक्कर दिदा थापा घाइते भएको नेपाल शिक्षक महासंघ स्याङ्जाका सचिव लोक बहादुर गुरुङले जानकारी दिए । गुरुङ्ले सामाजिक संजाल मार्फत शिक्षक थापा घाइते भएको जानकारी दिएका हुन् ।

घाइते थापाको दुबै हात भाच्चिएको र अहिले बी एण्ड बी अस्पतालमा उपचार भइरहेको समेत सचिव गुरुङले जानकारी दिए । अवस्था सामान्य रहेको भएपनि केही समय उपचारमा रहनुपर्ने बताइउको छ ।

 

प्रतिक्रिया