मुलुकको साझा समस्या भष्ट्रचार हो – कानुन मन्त्री गुरुङ

स्याङ्जा ।
कानुन न्याय तथा ससदिय मामिला मन्त्री धनराज गुरुङले मुलुकको साझा समस्या भष्ट्रचार भएको बताएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव २०८० को समापन गर्दै मन्त्री गुरुङ्ले साझा समस्याको रुपमा रहेको भष्ट्रचारले गर्दा मुलुकको मुहार नफेरिएको बताएका हुन् । सबैदलहरु मिलेर भष्ट्रचारको अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएको बताएको उनले बताए ।
सरकारको मिसन भ्रष्टचारको अन्त्य गर्नु हो उनले भने,‘भ्रष्टचारी जुनसुकै दलको भएपनि छाड्न हुदैन ।’ भष्ट्रचारका जराहरु तल्लोतह सम्म पुगेका छन् यसको अन्त्य हुनु जरुरी छ उनले भने । प्रधामन्त्री प्रचण्ड पनि भ्रष्टचारको अन्त्य गर्ने अभियानमै रहेको बताउदै आफु र प्रधामन्त्री सल्लाह गरेर अगाडी बढेको दावी गरे । भ्रष्टचारीको जात, धर्म, राजनीति नहुने भन्दै मन्त्री गुरुङले भ्रष्ट्रचारका कारण देशको बिकास निर्माण ओझेलमा परेको छ । यसको अन्त्य नगरे सम्म देशको भबिष्य उज्जल नहुने उनको भनाई छ ।
भ्रष्टचारको बिरुद्धमा काम गर्ने सरकार अहिलको गठबन्धन सरकार भएको दावी गुरुङ्को छ । गफ र बिरोध गरेर देश अगाडी नबढ्ने जनाउ दिदै मन्त्री गुरुङले केहि नेताहरु बिरोध गरेर धमिलो पानीमा माछा मार्ने काम गरेको जिकिर गरे । हिजोदेखि नै सत्तामा रजगज चलाउनेले काम गर्ने सकेको भए देशमा अहिलेको अवस्था नआउने मन्त्री गुरुङ्ले बताए ।
नेपाली काग्रेसको उपसभापति रहेका गुरुङले ४० बर्षबाट राजनीति सुरु गरेको जानकारी दिदै राजनीति बुझेरमात्रै गर्न आग्रह गरे । पालिकाले आयोजना गरेको राष्ट्रपति कप खेलकुद पनि विद्यार्थीकाको सिकाइृको पाठ भएको बताए । आफु पनि भलिबल खेलाडी भएको बताउदै मन्त्री गुरुङले खेलमा हार जित हुने र हारलाई निरास हैन सफलता मान्नु पर्ने भनाई थियो । पदक पाइन भनेर निरास हुनु नपर्ने बताउदै २२ बर्ष फेल भएका अब्राहम लिङकन १६ औ राष्ट्रपति बनेको गुरुङको भनाई थियो । कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ्, प्रमुख प्रासकिय अधिकृत आशिष शर्मा, शिक्षक लाल केसी, गंगा गुरुङ, वडा नं २ का अध्यक्ष धन बहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए ।
प्रतिक्रिया