रेडियो आँधीखोलामा नयाँ समितिको पदस्थापना

वालिङ ।
आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड तथा रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्ज वालिङ ८ स्याङ्जाका नवनिर्वाचित सञ्चालक समिति एवं लेखा समितिलाई प्रमाणपत्र वितरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । १८औँ साधारण सभा तथा छैठौँ अधिवेसनद्धारा निर्वाचित समितिलाई विहिबार रेडियो भवनमा एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण तथा पदस्थापन गरिएकोे हो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले रेडियोलाई प्रविधिमय बनाउन आवश्यक रहेको बताइन् । २१औँ शताब्दीसम्म आईपुग्दा संचारले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै बढ्दो प्रविधिको विकास भईरहेका बेला रेडियोलाई समेत समय सापेक्ष रुपमा अगाडि बढाउन आवश्यक रहेको उनले बताइन् । रेडियो स्थापना कालखण्डको स्मरण गर्दै प्रदेश सांसद तिवारीले रेडियोको स्तरवृद्धिका लागी आँपूmले प्रदेश सरकारसंग सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरीन् । कार्यक्रममा नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेलले वालिङका संस्थाहरु मध्ये आँधीखोला संचार सहकारी नमुना बन्न सक्नुपर्ने भन्दै संचार संस्थाले सकरात्मक संदेश प्रवाह गर्ने काम गर्न नवनिर्वाचित समितिलाई आग्रह गर्दै बधाई व्यक्त गरे ।
कार्यक्रममा रेडियोका नवनिर्वाचित अध्यक्ष शान्ता थापाले आवाज विहिनहरुको आवाज बन्दै आएको रेडियोलाई थप चुस्तदुरुस्त बनाउनका लागी आफ्नो टिम लागिपर्ने प्रतिवद्धता व्यक्त गरीन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष युक्तप्रसद तिवारीले समेत आफ्ना भनाई राखेका थिए । कार्यक्रममा निर्वाचन अधिकृत धु्रवप्रसाद शर्मापंगेनीले नवनिर्वाचित टिमलाई सपथ खुवाएका थिए ।
निर्वतमान अध्यक्ष नेत्रप्रसाद पाण्डेले निर्वाचित अध्यक्ष थापालाई माईन्युट हस्तान्तरण गर्दै रेडियोलाई अग्र स्थानमा पु¥याउन नयाँ समितिसंग हातेमालो गर्दै जाने बताए । कार्यक्रम निर्वाचन अधिकृत धु्रवप्रसाद शर्मापंगेनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत निर्वतमान अध्यक्ष नेत्रप्रसाद पाण्डे र संचालन निर्वतमान सचिव यमकान्त खनालले गरेका थिए । अधिवेसनले शान्ता थापाको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा ताराप्रसाद श्रेष्ठ, सचिव हिमलाल पराजुली र कोषाध्यक्षमा विमल अर्याल रहेका छन् । यसैगरी सदस्यहरुमा अमृतप्रसाद खनाल, लोकनाथ अर्याल, श्रीकृष्ण सिग्देल, ध्रुव पङ्गेनी, हिमबहादुर विक, टङ्कप्रसाद तिवारी, चक्रबन्धु रेग्मी, ओमप्रसाद शर्मा र गोपाल जिटी सर्वसम्मत चयन भएका छन् । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा तोयनारायण रेग्मी चयन भएका छन् भने सदस्यहरुमा छायाँदेवी अधिकारी र खुमा कोइराला अर्याल चयन भएका छन् ।
प्रतिक्रिया