सहकारी केन्द्र नेपालको जिल्ला भेला सम्पन्न

स्याङ्जा ।
सहकारी केन्द्र नेपालको प्रथम स्याङ्जा जिल्ला भेला सम्पन्न भएको छ। जिल्ला सहकारी संघ स्याङ्जाका सचिव तथा सहकारी केन्द्र गण्डकी प्रदेश कमिटिका सदस्य मिन प्रसाद कोइराला “प्रतिक” को अध्यक्षतामा भेला सम्पन्न भएको हो । सहकारी विभाग केन्द्रिय सदस्य तथा राष्ट्रिय सहकारी बैंकका लेखा समिती सदस्य चन्द्रा ढकाल पराजुलीको प्रमुख आतिथ्यतामा गरिएको भेलाले २१ सदस्यीय तदर्थ सामिती गठन गरेको छ।
भेलाले नारायण सिंह थापाको अध्यक्षता २१ सदस्यीय तदर्थ समिती गठन गरेको हो । तदर्थ समितिमा सचिवको जिम्मेवारी प्रकाश रिजाललाई दिइएको छ । भेलाले आगामी ३ देखि ६ महिना भित्र प्रथम जिल्ला सम्मेलन तथा अधिवेशनको आयोजना गर्ने निर्णय समेत गरेको छ । सहकारी केन्द्र नेपाल नेकपा माओवादी निकट सहकारी संगठन हो ।
प्रतिक्रिया